ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिममा कृषि क्षेत्रलाई पहिलो प्राथमिकता दिने नीति तथा कार्यक्रम (पूर्णपाठ)


एबीसी न्यूज
२५ जेष्ठ २०८०, बिहिबार   ४ : ५९   बजे

 

 

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले बुधबार प्रदेश सभामा आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतझैं थुप्रै आकर्षक नाराहरु उल्लेख छन् । तर उल्लेखित कार्यक्रमहरुको कार्यान्वयन तथा नतिजाको विश्वसनीय आधार भने प्रस्ट छैन ।

‘व्यावसायिक कृषिका लागि शून्य ब्याजदरमा ऋण’ कार्यक्रमको घोषणा गरेको सरकारले कृषि क्षेत्रको विकासलाई पहिलो प्राथमिकतामा राखेको छ । प्रदेश सरकार कृषकको सहयोगी, कृषिमा आत्मनिर्भर सुदूरपश्चिम अभियान, एक स्थानीय तह एक कृषक पाठशालालगायतका कार्यक्रम ल्याइने नीति तथा कार्यक्रममा समेटिएका छन् ।

 

पर्यटन पूर्वाधार विकास, एकीकृत बस्ती विकास, उद्योग, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत क्षेत्रको विकास समेट्ने गरी आकर्षक नारासहितका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएका छन् । पर्यटन पूर्वाधार समृद्ध प्रदेशको आधार नारा दिँदै सरकारले मुख्यमन्त्री एकीकृत पर्यटन विकास कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकारले थारु जातिको बरघर प्रथालाई संरक्षण र प्रवर्द्धन गर्ने, गोदावरी–धनगढी मनोरेल सेवा सञ्चालनका लागि सम्भाव्यता अध्ययन गर्ने जनाएको छ । यस्तै सेती, कर्णाली र महाकाली नदीमा जल यातायात सञ्चालनका लागि अध्ययन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । कैलालीको गोदावरीमा चिडियाखाना स्थापना गर्ने कार्यक्रम पनि प्रदेश सरकारले अगाडि सारेको छ ।

आगामी आर्थिक वर्षका लागि एक जिल्ला एक उद्योग, वैदेशिक रोजगारीका क्रममा भन्सार विन्दुबाट बाहिरिनेको अभिलेख राखिने, मुख्यमन्त्री शैक्षिक पूर्वाधार विकास तथा गुणस्तर सुधार कार्यक्रम, बादी उत्थान छात्रवृत्ति कार्यक्रम, विपन्न वर्ग तथा सहिद बेपत्ता परिवारका विद्यार्थीहरुलाई एमबीबीएस र एमडी अध्ययन गर्न छात्रवृत्ति, प्रदेश प्रमुख एकीकृत बस्ती विकास परियोजनालगायत कार्यक्रमहरुलाई महत्वका साथ नीति तथा कार्यक्रममा समेटेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu