काठमाडौँ — अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध राष्ट्रपति पद छाडेपछि अनधिकृत रुपमा महत्त्वपूर्ण एवं गोप्य दस्तावेज आफूसँगै राखेको आरोप लागेको छ । ७६ वर्षीय ट्रम्पविरुद्ध अनधिकृत रुपमा महत्त्वपूर्ण एवं गोप्य दस्तावेज आफैंसँग राखेको आरोप लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।
उनीविरुद्ध यो सहित कानुन उल्लंघन गरेको‚ गलत अभिव्यक्ति दिएको लगायत कूल ७ वटा आरोप लगाइएको छ । यसअघि यस्तो प्रकरणमा कोही पनि पूर्वराष्ट्रपति नमुछिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।ट्रम्प भने सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि जुटिरहेका छन् । आफूविरुद्ध आरोप लागेपछि उनले सामाजिक सञ्जाल ट्रुथ सोसमा अमेरिकी पूर्वराष्ट्रपतिमाथि यस्तो आरोप लाग्नेबारे आफूले कहिल्यै नसोचेको भन्दै यसलाई अमेरिकाको कालो दिनको रुपमा व्याख्या गरेका छन् ।राष्ट्रपति ट्रम्पले आफू अदालतमा उपस्थित हुनुअघि नै आफूमाथि लागेको आरोपपत्र दिइनुपर्ने बताएको सीएनएनले उल्लेख गरेको छ । यसका साथै उनले यही आरोपलाई लिएर मंगलबार अमेरिकाको मायामीस्थित संघीय अदालतमा उपस्थित हुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्