ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्प लिएको छु : प्रधानमन्त्री प्रचण्ड


एबीसी न्यूज
२७ जेष्ठ २०८०, शनिबार   ६ : ५६   बजे

काठमाडौं, २७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र र जनताको हितमा काम गर्ने सङ्कल्पका साथ प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेको बताउनुभएको छ ।पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन समुद्घाटन समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले निजी तथा सार्वजनिक संस्थासँगको सहकार्यमा सहजरूपमा जनतालाई सेवा उपलब्ध गराइरहेको उल्लेख गर्नुभयो । सवारी चालक अनुमति पत्र, राहदानी र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न नागरिकले बेहोर्नुपरेको परेको हैरानीलाई सहज बनाएको स्मरण गर्दै उहाँले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने, समयमा नै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउने जस्ता जनताको पक्षमा धेरै काम भइसकेका छन् । विकृति, बेथिति र भष्ट्राचार नियन्त्रणका लागि दृढताका साथ कठोर कदम चालिरहेका छौँ ।”नेपालीको शिर उच्च रहने गरी भारत सरकारसँग सम्झौता भएको उहाँले बताउनुभयो ।

आफ्नो इच्छाअनुसार नै राष्ट्र, जनता, नेपालको आर्थिक उन्नति, विकास र समृद्धिको पक्षमा भारत सरकार र त्यहाँका नेताहरूसँग छलफल भएको उहाँको भनाइ छ । “नेपाल र भारतको सीमामा रहेको लिपुलेक, कालापानी र लिम्पियाधुराको विषयमा जहिल्यै समस्या उत्पन्न हुने गरेको थियो । नेपालका प्रधानमन्त्री र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा अबको दिनमा सीमाको समस्या उत्पन्न हँुदैन भनेर पत्रकार सम्मेलनमार्फत प्रतिबद्धता जनाएका छौँ”, उहाँले भन्नुभयो, “भारत भ्रमणको क्रममा उठाइएका विषयले नेपाल गौरवान्वित छ । उद्योगी व्यवसायी खुसी छन् । इतिहासमा पहिलो पटक राष्ट्रको हितमा काम गर्न पाएकोमा म खुसी छु ।” अर्थमन्त्री डा प्रकाशशरण महतले राज्यले कृषि क्षेत्रमा दिँदै आएको अनुदान दुरुपयोग हुन नदिने उद्घोष गर्नुभयो । उहाँले उत्पादनका आधारमा मात्रै अनुदान दिने बताउनुभयो ।

“जसले उद्यमशीलता देखाएर नयाँ तरिकाबाट कृषि व्यवसाय अगाडि बढाउँछ अबको दिनमा उसैलाई मात्र राज्यले अनुदान दिन्छ । यो नीतिले कृषि क्षेत्रमा दिइँदै आएको अनुदान दुरुपयोग हुँदैन भन्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो, “देशको सात सय ५३ वटै स्थानीय तहलाई लगानी र रोजगारीसँग जोड्ने लक्ष्य रहेको छ । बाँझो जमिनको सदुपयोग गरेर कृषि उद्यमशीलता, पर्यटन व्यवसाय, उद्योग सञ्चालन गर्ने सम्बन्धित निकायलाई राज्यले साथ दिनेछ ।”आगामी आव २०८०र८१ का लागि विनियोजित बजेट आवश्यकता र मागमा आधारित रहेको अर्थमन्त्री डा महतको भनाइ छ । “प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र अर्थमन्त्रीको जिल्लामा बढी बजेट गएको भन्ने चर्चा र बहस संसद्देखि संसद् बाहिरसम्म चलिरहेको अवस्था छ । तर देशको आवश्यकतालाई प्राथमितामा राखेर बजेट विनियोजन भएको छ”, उहाँले भन्नुभयो, “विदेशी सहयोग आओस् नआओस् टोखा–छहरे सुरुङ मार्ग बनाउने प्रक्रियालाई अगाडि बढाउनेछौँ ।”उक्त कार्यक्रममा नुवाकोटबाट प्रतिनिधिसभा र प्रदेशससभा सदस्यमा निर्वाचित सदस्यको सहभागिता रहेको थियो । लाकरी भञ्ज्याङमा निर्माण गरिएको २७ कोठे आधुनिक भवन निर्माण गर्न रु छ करोडभन्दा बढी लगानी भएको गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङले जानाकारी दिनुभयो । बीस रोपनी जग्गामा कार्यालय भवन निर्माण गरिएको र भवन निर्माणका लागि स्थानीयवासीले जग्गासमेत उपलब्ध गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group