ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन र रूसको बढ्दो उपस्थिति खतराको संकेत- अमेरिकी विदेशमन्त्री


admin
१९ माघ २०७४, शुक्रबार   २ : ५०   बजे

काठमाडौं, १९ माघ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले ल्याटिन अमेरिकामा चीन र रूसको बढ्दो उपस्थितिले खतराको संकेत गरिरहेको बताए ।

ल्याटिन अमेरिकाको पहिलो भ्रमणमा निस्कनुअघि टेक्ससमा बोल्दै टिलर्सनले लगानीमा चिनियाँ मोडलले देशको जनशक्ति बाहिर गएको र त्यसले केवल चिनियाँ जनतालाई मात्रै फाइदा पुगेको बताएका हुन् ।

उनले ल्याटिन अमेरिकालाई नयाँ साम्राज्यवादी शक्ति नचाहिएको पनि बताए । टिलर्सनले अमेरिकाले भेनेजुएला र क्यूबामा प्रजातन्त्र पुर्नस्थापित गर्न र त्यहाँ स्वतन्त्र र निस्पक्ष चुनाव गराउनका लागि दबाब दिइरहने पनि बताए ।

ल्याटिन अमेरिकाको भ्रमणमा निस्कनुअघि टेक्सस विश्वविद्यालयमा आफ्नो विदेश नीतिबारे भाषण दिँदै विदेशमन्त्री टिलर्सनले यस्तो बताएका हुन् । उनले ल्याटिन अमेरिकालाई रूस वा चीनसंग काम गर्न भन्दा अमेरिकासंग गर्न पनि आह्वान गरे ।

चीन र रूसले ल्याटिन अमेरिकामा आफ्नो उपस्थिति दह्रो बनाउँदै लगेको उनले बताए । बेइजिङले गर्दै आएको आर्थिक अभ्यास निष्पक्ष नभएको उनले बताए । टिलर्सनले रूसले निरंकुश शासन भएका देशमा हतियारहरू बेचेको आरोप लगोउँदै उसको बढ्दो उपस्थिति खतराको सूचक भएको बताए ।

भाषणकै क्रममा उनले ट्रम्प प्रशासनले भेनेज्वेलामा सत्ता परिवर्तनका लागि कुनै पैरवी नगरेको पनि बताए । उनले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोले संविधानमा रहेर काम गरून् भन्ने मात्रै अमेरिकाले चाहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group