ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अनलाइन वान एक्स बेट’मार्फत प्रकरणमा कलाकार बल्छी ध्रुवे पक्राउ परे


ABC NEWS
३२ जेष्ठ २०८०, बिहिबार   १२ : ४२   बजे

काठमाडौँ ३२ जेठ । विश्वमा सञ्चालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’मार्फत भएको ठगी प्रकरणमा कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ पक्राउ परेका छन्।

बुधबार मात्रै प्रहरीले ‘वान एक्स बेट’मार्फत ७४ करोडको अवैध कारोबार गरेको फेला पारेपछि कलाकार बल्छी ध्रुवे पनि तानिएका हुन्। उनीसहित यो प्रकरणमा मुछिएका करिब ८ देखि १० जनालाई अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ तयारी गरेको थियो।

बल्छी ध्रुवेसहित कलाकारले आफूले खेल्ने टेलिसिरियल र भिडिओहरुमार्फत ‘वान एक्स बेट’को अनलाइन जुवालाई प्रवर्द्धन र प्रचार गर्दै आएका थिए। बल्छीध्रुवेलाई अहिले पक्राउ गरेर प्रहरीले अपराध अनुसन्धान कार्यालयमा ल्याइरहेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालले बुधबार मात्रै कैलाली घर भई चाबहिल बस्ने दिनेश खड्काले विलाश थारु, तेजबहादुर खड्का, नवीन चौधरी, अनिता धितालको कागजात प्रयोग गरी १२ जनाको नाममा खाता खोलेर ‘वान एक्स बेट’ मार्फत जुवा खेलाउन करोडौँ अवैध कारोबार गरेको भेट्टाएको थियो।

यो प्रकरणमा खड्काले सट्टेबाजहरुको मुख्य एजेन्टका रुपमा आफूलाई सक्रिय बनाउने गरेका थिए। उनै खड्काले कलाकारहरुलाई पनि आकर्षक रकमको प्रलोभन देखाएर अनलाइन जुवाको प्रमोशन गराउने गरेका थिए।

सट्टेबाजका रकम प्रयोग गर्न दिनेशले बैंक खाता नै ६३ वटा खाता खोलेको भेटिएको थियो। अपराध अनुसन्धान महाशाखा प्रमुख एसएसपी डा. मनोज केसीका अनुसार खड्कासहित सट्टेबाजीको एजेन्टका रुपमा सक्रिय अन्य चारजनालाई पक्राउ गरी अनुसन्धान थालिएको थियो।

त्यही अनुसन्धानका क्रममा बल्छी ध्रुवेसहितका कलाकार पनि यो ठगी प्रकरणमा तानिएका हुन्।

खड्कासहितका गिरोहले सट्टेबाजीमा ६४ करोड १३ लाख कारोबार गरेको पाइएको छ।

बुधबार पक्राउ परेका आशीषले तीन करोड कारोबार गरेको फेला परेको छ। दिपेशले पाँच करोड ५४ लाख कारोबार गरेको फेला परेको प्रहरी उपरीक्षक डा केसीले बुधबार बताएका थिए।

उनका अनुसार आशीषको साथबाट प्रहरीले ३७ लाख बरामद गरेको थियो। पक्राउ गरेर बुधबार सार्वजनिक गरिएकाहरुको साथबाट ल्यापटप, मोबाइल, सिमलगायत विभिन्न सामग्री बरामद भएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

प्रचण्ड गर्मीको चपेटामा युरोप : फ्रान्समा मात्र ४० जनाको डुबेर मृत्यु, तापक्रमले तोड्यो दशकौँ पुराना कीर्तिमान

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group