ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनितिक बन्दीहरुलाई तत्काल रिहा गर्न आदेश


admin
१९ माघ २०७४, शुक्रबार   ५ : ४२   बजे

काठमाडौं, १९ माघ । माल्दिभ्सको सर्वोच्च अदालतले जेलमा रहेका वरिष्ठ राजनीतिक बन्दीहरुलाई तत्काल रिहा गर्न आदेश दिएको छ।

अदालतको यो निर्णय कार्यान्वयनमा गएपछि त्यसले संसदका १२ सदस्यहरूलाई पुनर्स्थापित गर्छ जसको मतलब संसदमा विपक्षी पार्टीको बहुमत हुन्छ।

न्यायाधीशहरूले निर्वासनमा रहेका पूर्व राष्ट्ररपति मोहम्मद नाशिदविरुद्ध भएको फैसला पनि उल्ट्याइदिएका छन्।

अदालतले पूर्व राष्ट्रपति नाशिदलाई यसअघि सुनाइएको १३ वर्षे जेल सजाय खारेज गरिदएको हो।

आह्वान

अदालतको पछिल्लो आदेशले सन् २०१६ देखि ब्रिटेनमा राजनीतिक शरणमा रहेका उनलाई देश फर्कन र चुनावमा भाग लिन अनुमति दिन्छ।
एउटा ट्वीट गर्दै नाशिदले राष्ट्रपति अब्दुल्ला यामिनलाई अदालतको आदेश पालना गर्न र पदबाट राजीनामा गर्न आह्वान गरेका छन्।

सन् २०१५ मा उनी विरुद्ध सुनाइएको जेलसजायलाई लिएर अन्तर्राष्ट्रिय रूपमा चर्को निन्दा भएको थियो।

माल्दिभ्समा धेरै जसो विपक्षी नेताहरू या त जेलमा परेका छन् वा निर्वासनमा गएका छन्।
अधिकारकर्मीहरूले प्रजातन्त्र खतरामा रहेको भन्दै लामो समयदेखि गुनासो गर्दै आएका थिए।

आरोप

माल्दिभ्समा विपक्षीहरूले अदालतको आदेशलाई ऐतिहासिक भनेका छन्।
माल्दिभ्सको राजधानी मालेमा अदालतको आदेशपछि खुसीयाली मनाउन सडकमा निस्किएका विपक्षी पार्टीका समर्थकको भीडलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यासको प्रयोग गरेको थियो।

माल्दिभ्सका लागि अमेरिकाका राजदूत अतुल केशपले बन्दीहरूको रिहाइलाई स्वागत गर्दै अदालतको निर्णयले प्रजातन्त्र र कानुनी शासन बलियो बनाउनेमा आफू विश्वास्त रहेको बताएका छन्।

एउटा आश्चर्यजनक निर्णय गर्दै अदालतले राजनीतिक नेताहरूमाथि लगाइएको मुद्दा राजनीति प्रेरित भएको अदालतले जनाएको छ। वर्तमान राष्ट्रपति यामिनमाथि भ्रष्टाचार र सम्भावित प्रतिद्वन्द्वीलाई पाखा लगाउन खोजेको आरोप लागेको छ।

 

बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group