ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टाइटानिकको भग्नावशेष हेर्न गएको पनडुब्बी बिष्फोट हुँदा पाँच जनाको मृत्यु


ABC NEWS
८ असार २०८०, शुक्रबार   २ : ५५   बजे

न्युर्योक ८ असार । टाइटनिक पर्यटन पनडुब्बीमा सवार पाँचै जनाको मृत्यु भएको छ । टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परेपछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो ।

सो सँगै पाँच दिन लामो खोज अभियानपछि अमेरिकी तटरक्षक गार्डले बिहीबार बहुराष्ट्रिय पाँच दिनको खोजी समाप्त भएको जानकारी दिए ।

अमेरिकी कोस्ट गार्ड रियर एडमिरल जोन मोगरले पत्रकारहरूलाई भने, ‘क्यानाडाली जहाजबाट खटाइएको रोबोट डाइभिङ गाडीले बिहीबार बिहान उत्तरी एट्लान्टिकको दुर्गम कुनामामा पनडुब्बी टाइटनको एउटा भग्नावशेष फेला पारेको थियो ।’

‘रोयटर्सका अनुसार ६७ मिटरका टाइटनका पाँचवटा प्रमुख टुक्राहरू भग्नावशेष क्षेत्रमा अवस्थित थिए, जसमा जहाजको पुच्छर कोन र प्रेसर हलका दुई भागहरू थिए,’ कोस्ट गार्ड अधिकारीहरूले भने। सो क्रममा मानव अवशेषहरू देखिएका थिए कि थिएनन रु भनेर कुनै उल्लेख गरिएको छैन।

‘यो भग्नावशेष क्षेत्र वाहनको एक विनाशकारी विस्फोट संग सबन्धित छ,’ मौगरले भने ।

संयुक्त राज्य अमेरिकास्थित कम्पनी ओशनगेट एक्सपिडिसनद्वारा सञ्चालित टाइटनको पर्यटक बोकेको पनडुब्बी गत आइतबार बिहान सम्पर्कबिहीन हुन पुगेको थियो । समुन्द्रको गहिराईमा प्रवेश गरेको २ घन्टा ४५ मिनेटमा नै सम्पर्क बिच्छेद भएको सो पनडुब्बी खोज्नका लागि आइतबार देखी नै पाँच राष्ट्रका पनडुब्बी बिज्ञहरुले खोजतलास सुरु गरेका थिए । विश्व प्रसिद्ध पानी जहाज टाइटनिक हेर्न गएका उक्त जहाजको टुक्राहरु फेला परे पछि विष्फोट भएको पुष्टी भएको हो ।

कोस्ट गार्डको प्रेस सम्मेलन अघि नै ओशनगेटले एक विज्ञप्ति जारी गर्‍यो थियो कि, ‘टाइटनमा सवार पाँच जना व्यक्तिहरू मध्ये कोही पनि बाँचेनन् ।’

उक्त पनडुब्बीमा दुई पाकिस्तानी मुलका अर्बपती बाऊछोरा, बेलायती अर्बपती र पाइलटसहित पाँच जना सवार थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group