ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रघु पन्तको रमाइलो प्रश्न : त्रेतायुगमा रामले ठोक्ने, अहिले हरामहरूले ठोक्ने, दलितले न्याय कहिले पाउने ?


ABC NEWS
११ असार २०८०, सोमबार   ३ : ११   बजे

काठमाडौं ११ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले त्रेतायुगमा तपस्या गरेकै कारण शम्भुक मारिएजस्तै अहिले प्रेम गरेकै कारण दलितहरू मारिने र जेल जानुपर्ने अवस्था रहेको बताएका छन्।

सोमबार प्रतिनिधि सभा बैठकमा समय लिएर बोल्दै सांसद पन्तले सप्तरीमा गैरदलितसँग प्रेम गरेकै कारण दलित युवक जेल जानुपर्ने अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सांसद पन्तले सदनलाई जानकारी दिएअनुसार, सप्तरीमा गैरदलितसँग प्रेम र भागी विवाह गरेकै कारण २१ वर्षीय मनोजराम नाम गरेका दलित युवक अपहरण तथा शरीरबन्धक मुद्दामा जेल चलान भएका छन्।

कपिलवस्तुको अदालतमा विवाह भएको तर आफ्नी छोरी दलित युवकसँग विवाह गरेको कुरा मन नपराएका केटीकी बाबुले वडाध्यक्षसँग मिलेमतोमा नक्कली जन्मदर्ता बनाएर केटीलाई नाबालिग बनाएर केटालाई जेल हालिएको उनले बताए।

विवाह गर्ने केटालाई मात्र नभइ नेपाल प्रहरीका कार्यरत उनका दाजुलाई समेत अपहरण तथा शरीर बन्धकमा पोलेर जेल चलान गरेको सांसद पन्तले बताए। ‘त्यो मुद्दा सप्तरीको अदालतले त्यसरी थुनामा पठाउनुभन्दा कपिलवस्तुको अदालतमा के फैसला भएको छ भनेर हेर्न पर्छ कि पर्दैन रु,’ उनले प्रश्न गरे।

पन्तले गैरदलितसँग प्रेम गरेकै कारण भेरी नदीमा बहनेहरू लगायत वर्षेनी थुप्रै दलितहरूले सजाय भोग्नुपरेको विषयमा सरकारको ध्यान जानुपर्ने बताए।

‘दलितले समान अधिकार कहिले पाउने रु त्रेतायुगमा रामहरूले ठोक्ने, कलियुगमा हरामहरूले ठोक्ने त्यो युगदेखि यो युगसम्म दलितहरू पीडितका पीडित, मारिएको मारियै हुने रु दमनमा परेका परै गर्ने रु यस्ता विषयहरूमा सरकारको ध्यान जाओस्,’ उनले भने।

ठूला राजनीतिक दलले समाज रूपान्तरणका लागि काम नगरेका कारण दलितमाथि त्रेतायुगदेखिको दमन अहिलेसम्म जारी रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group