ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्लू टिकवालाले २५ हजार अक्षरसम्मको ट्वीट गर्न पाउने


ABC NEWS
१५ असार २०८०, शुक्रबार   ४ : ११   बजे

काठमाडौं १५ असार । माइक्रोब्लगिञ साइट ट्वीटरले अब ट्वीटमा हुने अक्षरको अधिकतम सीमालाई बढाएर २५ हजार पूराएको छ । अर्थात् अब तपाईले २५ हजार वटा क्यारेक्टर ९अंक, अक्षर, चिन्ह० सम्मको ट्वीट गर्न सक्नुहुनेछ। यस्तो खालको ट्वीटमा तपाईले फोटो पनि थप्न सक्नुहुन्छ।

यद्यपि २५ हजार अक्षरसम्मको ट्वीट गर्न सकिने फिचर सबै आम साधारण ट्वीटर प्रयोगकर्ताका लागि होइन। ट्वीटरको ब्लू सब्सक्रिप्सनवाला अर्थात् मासिक शुल्क तिर्ने प्रयोगकर्ताका लागि मात्रै यो फिचर उपलब्ध हुनेछ ।

नयाँ फिचरको जानकारी कम्पनीले एक ट्वीटमार्फत् दिएको छ । ट्वीटरका मालिक एलन मस्कले उक्त ट्वीटमा जवाफ फर्काउँदै लामो स्वरुपका पोस्टमा सुधार गरिएको बताएका छन् ।

यसअघि गत अप्रिल महिनामा ट्वीटरले सशुल्क निलो टिको भएका प्रयोगकर्ताका लागि ट्वीटको सीमा १० हजार अक्षरमा पूराएको थियो । त्यसअघि ट्वीटमा अक्षरको सीमा सबैका लागि २ सय ८० मात्र थियो ।

ट्वीटरमा २५ हजार अक्षरको सीमा पूराएसँगै ट्वीटरले एक अर्को महत्वपूर्ण परिवर्तन पनि गरेको छ। जस अनुसार अब ट्वीट गर्दा अक्षरहरुलाई बोल्ड, इटलिक्स आदि समेत गराउन अर्थात् टेक्स्ट फम्र्याटिंग गर्न सकिनेछ ।

कन्टेन्ट क्रिएटर्सका लागि मनिटाइजेसन

एलन मस्कले गत अप्रिलमा क्रिएटर्स कन्टेन्ट मनिटाइजेसन फिचर लञ्च गरेका थिए। कन्टेन्ट मनिटाइजेसन अन्तरगर्त १२ महिनासम्म आम्दानीको सबै हिस्सा केवल सर्जकलाई मात्र प्रदान गरिन्छ ।

त्यसपछि मात्रै ट्वीटरले पनि केही हिस्सा लिनेछ । प्रयोगकर्ताहरुले आफ्ना ट्वीटका सामाग्रीहरुबापत आफ्ना फलोअर्सबाट पैसा लिन सक्दछन् ।

हाल क्रिएटरहरुले ट्वीटरमा आफ्नो सामाग्रीका लागि २।९९ डलर, ४।९९ डलर तथा ९।९९ डलर मासिक शुल्कमा फलोअर्सलाई सब्सक्रिप्सन बिक्री गर्न सक्दछन्।

ट्वीटरको नियम अनुसार क्रिएटर्सको उमेर न्यूनतम १८ वर्ष हुनुपर्दछ भने कम्तिमा १० हजार सक्रिय फलोअर्स हुनुपर्दछ। त्यस्तै अकाउन्ट मनिटाइजेसनका लागि पछिल्लो ३० दिनमा कम्तिमा २५ पटक ट्वीट गरेको हुनुपर्दछ।

हालका लागि ट्वीटरको मनिटाइजेसन फिचर अमेरिकामा मात्रै सुरु भएको छ। नयाँ मनिटाइजेसन फिचर रसन् २०२१ मा लञ्च भएको ट्वीटरको सुपर फलोज फिचर जस्तै हो।
एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group