ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्बोडियास्थित फेसबुकका प्रतिनिधिलाई देश निकाला


एबीसी न्यूज
१६ असार २०८०, शनिबार   ९ : ०८   बजे

कम्बोडियास्थित फेसबुकका प्रतिनिधिलाई देश निकाला

असार १६ , काठमाडौँ : कम्बोडियाले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको छ।

दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाका प्रधानमन्त्री सामदेक टेचो हुन सेनले फेसबुकका प्रतिनिधिलाई देशबाट निष्कासन गर्ने निर्णय गरेको बताएका हुन्।

उनले सार्वजनिक रूपमा जारी गरेको सन्देशमा भने, ‘अब फेसबुकलाई कम्बोडियामा आफ्नो प्रतिनिधि राख्न दिइने छैन तर देशमा फेसबुकको पहुँच रोक्ने मेरो कुनै मनसाय छैन।’

हुन सेनले निर्वासित राजनीतिक विरोधीहरूले गरेको ‘अपमानजनक’ टिप्पणीप्रति फेसबुकले पक्षपात गरेको आरोप लगाएका छन्।

हुलाक तथा दूरसञ्चार मन्त्रालय (एमपीटीसी)ले शुक्रबार अबेर एक विज्ञप्ति जारी गर्दै फेसबुकका प्रतिनिधिलाई कम्बोडियाबाट निष्कासन गर्ने र कम्पनीको प्रतिनिधित्व, सरकारसँगको सम्बन्ध र निजी क्षेत्रमा साझेदारी सहयोगजस्ता सबै गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘एमपीटीसीले कम्बोडियाका प्रयोगकर्ताहरूका लागि फेसबुकको सेवाहरूमा नक्कली खाताहरू सिर्जना गर्ने, निजी सुरक्षाको जोखिम, तथ्याङ्क प्रयोग र सङ्कलन, नक्कली समाचारको प्रसार, जवाफदेहिता र पारदर्शिताको कमी, र देशको राजनीतिक मामिलामा हस्तक्षेपजस्ता अनियमितताहरू फेला पारेको जनाएको छ।’ (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu