ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीसँगको भेट सकारात्मक भन्दै सीके राउत सरकारमा जान तयार


एबीसी न्यूज
१७ असार २०८०, आइतबार   ११ : २३   बजे

 

काठमाडौं १७ असार । बजेटप्रति असन्तुष्ट जनतम पार्टी सरकारमा सहभागी हुन सकारात्मक देखिएको छ।

सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने अन्तिम तयारीमा रहेको जनमत पार्टीका अध्यक्ष सीके राउतले आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्दै व्यवस्थापन राम्रो भए सरकारमा सहभागी हुन तयार रहेको बताएका हुन्।

जनमतले कृषि वा उद्योग मन्त्रालय पाए उत्कृष्ट काम गर्ने दाबी गरेको छ।

आइतबार बालुवाटार पुगेका सीकेलाई प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गरेका हुन्।

बजेटप्रति रुष्ट जनमत पार्टी सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा छ।

यही कुरा जानकारी गराउन प्रधानमन्त्री निवास पुगेका राउतलाई प्रधानमन्त्रीले समर्थन फिर्ता लिएर होइन, सरकारमै सहभागी भएर अघि बढ्न आग्रह गरेका हुन्।

‘पीएम ले सरकारमै राख्ने कुरा गर्नुभयो,’ भेटवार्तापछि राउतले  भने, कसरी एडजस्ट गर्ने हो, गठबन्धनको बैठक राखेको छु, आजै केही समझदारी बनाउँछु भन्नुभयो।’

आजै अपराह्न ४ बजे गठबन्धनको बैठक राख्ने तय गरिएको प्रधानमन्त्री प्रचण्डले बताएका छन्।

राउतका अनुसार गठबन्धनका केही नेता नमानेकाले जनमतलाई सरकारमा सहभागी गराउने प्रयास सफल भएको छैन।

‘गठबन्धनका केही नेता मानेका छैनन्, त्यही भएर हो, नत्र प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ भन्ने पाएँ’, राउतले थपे।

जनमत सरकारमा सहभागी हुन पाए सरकारलाई दिएको समर्थन यथावत् राख्ने पक्षमा छ।

‘व्यवस्थापन राम्रो भयो भने सरकारमा सहभागी हुन ठीकै छ, काम गर्ने हो,’ राउतले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group