ABC NEWS NEPAL | No.1 News channel of Nepal
२० श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रीतम सिंहको जीवनी ‘रोड्स टु दि भ्याली’ प्रचण्डबाट विमोचनन, भने- मलाई प्रधानमन्त्री बनाउन सिंह धेरैचोटी दिल्ली जानुभयो


एबीसी न्यूज
१८ असार २०८०, सोमबार   ७ : ०४   बजे

 

काठमाडौं १८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरदार प्रीतम सिंहले नेपालको सामाजिक विकासमा दिएको योगदान गरेको भन्दै प्रशंसा गरेका छन् ।

सिंहको ८८ औं जन्मदिवसको अवसरमा राजधानीमा सोमबार प्रचण्डले नेपालको यातायात क्षेत्रको विकाससँगै सिंहले शैक्षिक र सामाजिक क्षेत्रमा प्रशस्तै योगदान दिएको टिप्पणी गरे ।

 

‘उहाँको योगदान ट्रान्सपोर्टमा मात्रै सीमित छैन, उहाँले समाजका अरु क्षेत्रमा पनि योगदान गर्नुभएको छ’, प्रचण्डले सिंहकी छोरी किरण दीप सन्धुले लेखेको पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन गर्दै भने, ‘उहाँले सिख समुदायको संरक्षण र प्रबद्र्धनमा पनि योगदान गर्नुभएको छ, म आफैंले कुपन्डोलको गुरुद्वारामा गएर त्यो महसुस गरेको छु ।’ विमोचन कार्यक्रममा नेपालका लागि भारतीय रादजूत नवीन श्रीवास्तवको समेत उपस्थिति थियो ।

नेपाल र भारतका जनताको सम्बन्धलाई विकास गर्न सरदार प्रीतम सिंहको योगदान रहेको भन्दै प्रचण्डले उनको प्रशंसा गरे । प्रधानमन्त्री प्रचण्डले प्रीतम सिंहले राजनीतिमा पनि रुचि राख्ने भन्दै आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली गएको समेत टिप्पणी गरे ।

‘उहाँ राजनीतिमा पनि रुचि राख्नुहुन्छ । उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मेहनत गर्नुभयो । धेरैचोटि दिल्ली पनि जानुभयो । काठमाडौंका पार्टी र नेताहरुसँग पनि लगातार छलफल गर्नुभयो । राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ने ठान्नुहुन्छ’ प्रचण्डले भने ।

शान्ति प्रक्रिया सुरु भएपछि पम्फा भूसालसँग सिंहको सम्पर्क भएको, आफूले त्यसै बेला सिंहलाई चिन्न पाएको प्रचण्डले सम्झिए । ‘हामीले एक अर्कालाई चिन्ने बुझ्ने मौका पायौं, मेरो ठूली छोरीलाई क्यान्सर हुँदा उहाँले निकै ठूलो सहयोग गर्नुभएको छ, मेरो परिवार नै उहाँप्रति नतमस्तक छ’, उनले कृतज्ञता व्यक्त गर्दै भने ।

सिंहले जम्मुबाट नेपालमा थुप्रै ट्रक तथा मजदुर ल्याएर यातायात क्षेत्रमा योगदान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मकवानपुरमा तरकारी बोकेको ट्रक १०० मिटर तल खस्यो, एक जनाको मृत्यु

सरकारसँगै डराइरहेका छन् व्यवसायी …

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu