ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदमै अश्लिल फिल्म हेर्ने सत्ताधारी सांसद् तर विपक्षीका पाँच सांसद् निलम्बित


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ८ : ५६   बजे

एजेन्सी । शुक्रबार भारतको त्रिपुरा राज्यको विधान सभाको बजेट अधिवेशनको पहिलो दिन। विपक्षी सांसदहरूले सदन सुरु हुने बित्तिकै अन्तिम अधिवेशनमा सत्ताधारी भारतीय जनता पार्टी ९भाजपा० सांसद जादबलाल नाथले संसदमै अश्लील भिडियो हेरेको मुद्दा उठाए।

सदन सुरु हुनेबित्तिकै विपक्षी दलका नेता अनिमेश देबवर्माले भाजपा विधायक नाथलाई कारबाही गर्न माग गर्दै संसद् स्थगित गर्न माग गरे। देबवर्माले यस विषयमा स्थगन प्रस्ताव ल्याउन चाहेका थिए तर सभामुख विश्वबन्धु सेनले त्यसो गर्न दिएनन्।त्यसको साटो अर्थमन्त्री प्रणजितसिंह रायलाई चालु आर्थिक वर्षको बजेट पेश गर्न आग्रह गरे।

यसैबीच सदनमा हंगामा सुरु भयो, विपक्षी सांसदहरूले भाजपा विधायक नाथलाई कारबाही गर्न माग गर्दै नाराबाजी गरे।सभामुख सेनले त्यसपछि भारतीय कम्युनिष्ट पार्टी ९मार्सिस्ट०का सांसद नयन सरकार, कांग्रेसका सुदीप रोय बर्मन र टिपरा मोथा पार्टीका तीन सांसदलाई बजेटको कारबाहीको क्रममा ‘अवरोध गरेको’ भन्दै सदनबाट निलम्बन गरे।

सीपीआई ९एम०, टिपरा मोथा र कांग्रेसका अन्य सबै विपक्षी सांसदहरूले सभामुखको निर्णयको विरोध गर्दै सदनबाट बाहिरिए।यसै वर्षको मार्चमा भएको विधानसभा सत्रमा भाजपा सांसद नाथ सदनभित्र मोबाइलमा अश्लील भिडियो हेर्दै गरेको अवस्थामा देखिएका थिए।

यस्तो अवस्थामा प्रमुख प्रतिपक्षी दलका नेता टिपरा मोथा अनिमेश देबवर्माले भाजपा विधायकको यस्तो व्यवहारमाथि सदनमा छलफलको माग राखेका थिए।सदनबाट बाहिरिएपछि टिपरा मोथाका विधायक देबवर्माले मिडियासामु भने, ‘गत अधिवेशनमा भाजपा सांसदले सदन चलिरहेको बेला मोबाइलमा ब्लु फिल्म हेरिरहेका थिए। सांसदको काम सदनमा जनताको समस्या उठाउनु हो।’

उनले अगाडि भने, ‘हामी भाजपा सांसदको यो कार्यको निन्दा गर्दछौं। यो निकै लज्जास्पद छ। कांग्रेस नेता राहुल गान्धीले एक र्यालीमा मोदी उपनाममा केहि भनेका थिए, त्यसपछि उनको लोकसभा सदस्यता गुम्यो, तर भाजपा सांसदले गरेको यो लाजमर्दो कार्य गर्दा उहाँलाई कारबाही गर्नुपर्दैनरु हामी सभामुखले घटनाको छानबिन गरुन् भन्ने चाहन्छौँ।’ ६० सिट भएको त्रिपुरा विधानसभामा २७ जना विपक्षी सांसद छन्। टिपरा मोथा पार्टी १३ सांसदसहित सदनमा प्रमुख प्रतिपक्षी दल हो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group