ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘आदिपुरुष’ का लेखक मनोजले हात जोडेर मागे माफी


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   १२ : १४   बजे

एजेन्सी ।  निर्देशक ओम राउतको फिल्म ‘आदिपुरुष’ को रिलिजलाई लिएर निकै विवाद भयो। रामायणको कथामा आधारित भएको भनिएको फिल्मले दर्शकले सोचे अनुरुप मनोरन्जन दिन सकेन। दर्शकको अपेक्षा पुरा नभएपछि निकै आलोचित बनेको यो फिल्मका निर्देशक र लेखक सामाजिक सञ्जालमा निकै ट्रोलको शिकार बने।

मुख्य त फिल्मका संवादका कारण लेखक मनोज मुन्तासिरलाई सामाजिक सञ्जालमा ट्रोल गरिएका थिए। ट्रोल भएपछि अब भने मनोज मुन्तासिरले हात जोडेर माफी मागेका छन् ।

मनोज मुन्तासिरले ट्वीट गर्दै श्री रामका फ्यान, सन्त र भक्तहरूको भावनामा चोट पुर्‍याएकोमा माफी मागेका छन्। उनले आफ्नो ट्विटमा लेखेका छन्– ‘आदिपुरुष फिल्मबाट जनताको भावनामा चोट पुगेको म स्वीकार गर्दछु। मेरा सबै दाजुभाइ दिदीबहिनी, ज्येष्ठ नागरिक, आदरणीय ऋषि मुनीहरू तथा श्री रामका भक्तजनहरूमा हात जोडेर निःशर्त माफी चाहन्छु। भगवान बजरंगबलीले हामी सबैको कल्याण गरून्, हामीलाई एक र अटूट रहन र हाम्रो पवित्र शाश्वत र महान देशको सेवा गर्ने शक्ति प्रदान गर्नुहोस्१ु

मनोज मन्तशिरले फिल्मका संवाद रामायणको समयका अनुसार नभई आजको बोलचाल अनुसार लेखेको दर्शकको आरोप छ। मनोज मन्तशिरले अझै पनि संवादलाई लिएर जनताको आक्रोशको सामना गर्नु परेको छ। ट्रोल गरेपछि लेखकले धेरै पटक स्पष्टीकरण पनि दिएका छन् र अब उनले माफी पनि मागेका छन्।

‘आदिपुरुष’ मा देखाइएका हनुमान, रावण, इन्द्रजित जस्ता पात्रका संवादबाट आक्रोशित दर्शकले चलचित्र बहिष्कार गर्न माग गरेका छन्। उच्च अदालतले सेन्सर बोर्ड र फिल्मका निर्माता–निर्देशकलाई निर्देशन गरेपछि निर्माताले संवाद परिवर्तन गर्ने निर्णय गरेको हो। अहिले फिल्मका संवादहरू परिवर्तन भएका छन् । ‘आदिपुरुष’ को सम्पादित संस्करण मात्रै हलमा प्रदर्शन भैरहेको छ। तर पनि फिल्मले दर्शकको मन जित्न सकेको छैन।

यो फिल्मको एक संम्वादका कारण नेपालमा पनि केही स्थानीय सरकारले फिल्म प्रदर्शनमा रोक लगाएका थिए। फिल्ममा सीतालाई ुभारतीय छोरीु भनिएको भन्दै काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले फिल्म प्रदर्शन गर्न नदिने घोषणा गरे।पछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र धरान उपमहानगर पालिकाका मेयर हर्क सम्पाङले समेत फिल्म प्रदर्शनमा रोक लगाए।

नेपालमा फिल्म प्रदर्शनमा रोक लगाएपछि फिल्मका लेखक मनोज नेपालको सम्बन्धमा अर्को विवादास्पद प्रतिक्रिया दिएका थिए। जसका कारण नेपालमा उनको चर्को आलोेचना भयो। लेखक मनोज मुक्तिशिरले नेपाल भारतबाट अलग भएको दावी गरेका थिए। भारतीय टेलिभिजन ‘आज तक’संग कुराकानी गदै उनले नेपाल भारतबाट १९०३र१९०४ तिर मात्रै अलग भएको दावी गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group