ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको हरियाणामा अविवाहितले मासिक भत्ता पाउने


एबीसी न्यूज
२३ असार २०८०, शनिबार   ५ : ४५   बजे

 

नयाँ दिल्ली (एजेन्सी) । भारतको हरियाणा राज्यमा अविवाहितले मासिक भत्ता पाउने भएका छन्।

हरियाणाका मुख्यमन्त्री मनोहरलाल खट्टरले प्रान्तका अविवाहित महिला(पुरूषलाई मासिक २ हजार ७५० रूपैयाँ भत्ता दिने घोषणा गरेका हुन्।

अविवाहित महिलापुरूष मात्रै होइन पत्नीको मृत्यु भएका विधुर पुरूषले पनि भत्ता पाउने भएका छन्।

बिबिसीका अनुसार शुक्रबार करनाल जिल्लामा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री खट्टरले सो घोषणा गरेका थिए। त्यसका लागि प्रान्त सरकारले सबै तयारी पूरा गरेको पनि उनको भनाइ थियो।

पेन्सन पाउनका लागि केही शर्त राखिएका छन्।

पहिलो, अविवाहित व्यक्तिको उमेर ४५ वर्षमाथि र ६० वर्षभन्दा तल हुनुपर्छ। दोस्रो, त्यस्ता व्यक्तिहरूको वार्षिक आम्दानी १ लाख ८० हजारभन्दा कम हुनुपर्छ।

विधुर पुरूषको हकमा ४० वर्ष पार भइ ६० वर्ष ननाघेको र वार्षिक तीन लाख रूपैयाँ भन्दा कम आम्दानी हुनुपर्ने शर्त राखिएको छ।

अविवाहितको संख्या ६५ हजार र विधुरको संख्या ५ हजार ६८७ रहेको छ।

यो योजना कार्यान्वयनका लागि प्रत्येक महिना २० करोड र वर्षेनि २४० करोड रूपैयाँ खर्च हुने बताइएको छ।

बिबिसीका अनुसार हरियाणामा पुरूषको भन्दा महिलाको संख्या कम छ।

२०११ को जनगणनाअनुसार हरियाणामा औसत एक हजार जना युवकमा ८७७ युवती छन्। भारतमा देशभरी औसतमा एक हजार युवकमा ९२३ युवती छन्।

लिंगअनुपातसँगै बेरोजगारीका कारण पनि विवाह नभएको बिबिसीले उल्लेख गरेको छ।

राज्य ऋणमा डुबेको बेलामा सस्तो लोकप्रियताका लागि भत्ताको योजना ल्याएको भन्दै सरकारको आलोचनासमेत भएको छ।

हरियाणाका मुख्यमन्त्री खट्टर र गृहमन्त्री अनिल विजसमेत अविवाहित हुन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

पाकिस्तान र इरानद्वारा द्विपक्षीय सम्बन्ध सुदृढीकरण र क्षेत्रीय शान्तिका लागि प्रतिवद्धता व्यक्त

विश्वमञ्चमा अमेरिकाप्रतिको अस्ट्रेलियाली विश्वास ऐतिहासिक रूपमा घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group