ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वयम्भु बारुदखानाको बाटो २० वर्षपछि खुल्यो


ABC NEWS
२६ असार २०८०, मंगलबार   १२ : १२   बजे

काठमाडौं २६ असार । नेपाली सेनाको अधिनमा रहेको स्वयम्भू बारूदखानाको बाटो काठमाडौं महानगरपालिकाले २० वर्षपछि खुला गरेको छ।

बारूद खाना (जर्मन क्वाटर) को कम्पाउण्डभित्रबाट मुल सडकसँग जोडिने सडक खुला गरेको महानगरले बताएको हो।

जग्गा एकीकरण आयोजना सञ्चालनको २० वर्षको अवधिमा सडक सञ्चालनमा आएको थिएन।

महानगर प्रमुख बालेन शाहले प्रधानसेनापतिलाई भेटेर पहल गरेपछि बाटो खोल्न सहज भएको बताइएको छ।

‘गत साउन ५ गते महानगरपालिकाका प्रमुख एवं आयोजनाका जग्गा व्यवस्थापन उपसमितिका संयोजक बालेन शाहले फिल्ड निरीक्षण गर्नुभयो। नेपाली सेनाले हकभोग गरिरहेको जमिनबाट सडक खोल्नका लागि प्रधान सेनापतिसँग भेटेर समाधानका लागि छलफल गर्नुभयो। यसपछि सडक खोल्ने वातावरण तयार भयो। अहिले क्वाटरको पूर्वतर्फ सिमानाको मुल सडकसँग जोडिने ६ मिटर र उत्तरतर्फ ३ मिटर चौडाइ भएको सडक खोलिएको छ,’ आयोजना प्रमुख निर्मलराज बरालले बताए।

काठमाडौं महानगरपालिका वडा नं. १५ र १६ भित्र पर्ने आयोजनाभित्र करिब १ हजार ३६९ रोपनी जग्गा रहेको बताइएको छ।

२०६० साल वैशाख ५ गते आयोजना क्षेत्रभित्रको जग्गा अधिग्रहण गर्न थालिएको हो।

आयोजनाभित्रको ७२ प्रतिशत जग्गा आवासीय क्षेत्रका लागि छुट्टयाइएको छ।

२४.४७ प्रतिशत सडकका बाँकी पार्क तथा खुल्ला क्षेत्र, धार्मिक तथा सांस्कृतिक क्षेत्र र भचाखुशी नदीका लागि छुट्ट्याइएको छ।एकीकरण योजनाको माध्यमबाट जग्गा विकास गरी सम्बन्धित जग्गा धनी तथा मोहीलाई सुविधा सम्पन्न घडेरी फिर्ता दिनु आयोजनाको मुख्य ध्येय रहेको महानगरले बताएको छ।

जग्गा विकास गर्ने क्रममा प्रत्येक जग्गा धनीबाट सेवा शुल्कवापत् समानुपातिक प्रतिशतका दरले योगदान लिइएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu