ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्याप्टेन गुरुङ पहिला दुर्घटनाबाट बचेका थिए


एबीसी न्यूज
२६ असार २०८०, मंगलबार   ३ : २८   बजे

 

काठमाडौं २६ असार । लुक्लाबाट रामेछापका लागि उड्नै लागेको समिट एयरको ‘नाइन एन एएमएच’ कलसाइन भएको जहाज धावनमार्गबाट चिप्लियो र हेलिप्याडमा बज्रिन पुग्यो ।यो १ वैशाख २०७६,को कुरा हो जहाँ रोकिएका थिए, मनाङ र श्री एयरलाइन्सका हेलिकप्टर । यस दुर्घटनामा समिट एयरका को–पाइलट सुजित ढुंगाना, प्रहरी सहायक निरीक्षकद्वय यमबहादुर खड्का र रुद्रबहादुर श्रेष्ठको निधन भयो ।

सो दुर्घटनामा उड्नै लागेको मनाङ एयरको हेलिकप्टरको ककपिटमा थिए चेतबहादुर सीबी गुरुङ उनी घाइते भए । त्यती बेला उनी ३ महिना अस्पतालमा बस्नु परेको थियो । त्यसपछि निको भएर सेवामा खटिएका अनुभवी पाइलट यीनै गुरुङले उडाएको मनाङ एयरको नाइनएन–एएमभी हेलिकप्टर मंगलबार सोलुखुम्बुको लिखुपिके गाउँपालिका–५ स्थित लामजुरा नजिक दुर्घटनामा परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार यो हेलिकप्टरमा कुल ५ जना यात्रु सवार थिए । यात्रु सबै मेक्सिकन नागरिक हुन् । जसको कमाण्ड क्याप्टेन सीबी गुरुङसँग थियो ।

गुरुङ विगत १० वर्षदेखि मनाङ एयरमा आवद्ध थिए । यसअघि उनले गोरखा एयर, श्री एयरसहितका कम्पनीका हेलिकप्टर उडाएका थिए । मनाङ एयरका प्रवन्धक राजु न्यौपानेका अनुसार क्याप्टेन गुरुङ सन् १९९७र९८ देखि निरन्तर उडानमा थिए ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार लुक्ला नजिकै रहेको सुर्केस्थित हेलिप्याडबाट हेलिकप्टर १० बजेर ५ मिनेट जाँदा उडेको थियो । हेलिकप्टर अन्तिम पटक १० बजेर १३ मिनेटमा लुक्ला टावरसँग सम्बन्धमा आएको थियो । सो समयमा हेलिकप्टर लामजुरा पास पुगिसकेको थियो । त्यसपछि काठमाडौं टावरले यो हेलिकप्टरलाई सम्पर्क गर्नुपर्ने थियो । टावरसँग सम्पर्क टुटुेपछि काठमाडौं विमानस्थलस्थित खोज तथा उद्दार केन्द्रले अल्टिच्यूड एयरको दुई हेलिकप्टर सम्भावित घटनास्थलतथर्फ खटाएको थियो । स्थानीय स्तरमा प्रहरीले खोजी कार्य तीब्र बनाएको थियो । सर्वप्रथम घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार घटनास्थल आसपास बाक्लो हुस्सु लागेको थियो ।

 

सोमबार प्रतिकूल मौसमका कारण उडान सम्भव भएन । त्यसपछि रात उतै बिताएपछि यो टोलीले मंगलबार बिहानै माउण्टेन फ्लाइट सम्पन्न गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu