काठमाडौ असार २६। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही काम गर्न नसकेपछि सरकारले भ्रष्टाचार विरोधी अभियानका नाममा पोलिटिकल स्टन्ट मात्र गरेको बताएका छन् ।एमालेको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचारविरोधी काममा सरकारको योगदान नै नभएको बताए ।
‘अहिलेको सरकार, खासगरी प्रधानमन्त्री र गृहमन्त्री, लडेको राँगो मैले पछारेको’ ओलीले भने ।भुटानी शरणार्थी प्रकरणमा १९ जेठ २०७९ मै प्रहरी कहाँ निवेदन परेको भए पनि अहिले सरकारमा भएकाहरुले ढाकछोप गरेको र बाहिरिएपछि अघि बढाएको उनले बताए । यो नियमित प्रक्रियाअनुसार अघि बढेको भन्दै उनले हामीले ग¥यौं भन्नु व्यर्थको पोलिटिकल स्टन्ट मात्र भएको उनले बताए ।
ओलीले अघि भने, ‘अहिले पनि कहाँ मुद्दा चलेको छ र धर्मस्थलीतिरको केस खोइ मातातीर्थको केस खोइ एमालेलाई बद्नाम गर्न खोजे पनि यस्ता कुनै अनियमितता र भ्रष्टाचारमा एमालेको संलग्नता नभएको समेत ओलीले बताए ।


















प्रतिक्रिया दिनुहोस्