ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेयर बजारमा ४.७३ अंकको गिरावट, कारोबार रकम २ अर्ब ८५ करोड


एबीसी न्यूज
२६ असार २०८०, मंगलबार   ४ : ३३   बजे

काठमाडौ असार २६   सेयर बजारमा एकल अंकको सामान्य गिरावट भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार परिसूचक नेप्से ४।७३ अंकले गिरावट हुँदा २०७२।२४ को विन्दुमा बन्द भएको छ ।मंगलबार विकास बैंक र वित्त कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको छ । साथै उत्पादनमूलक र म्युचुअल फण्ड उपसूचक बढेपनि अन्य अधिकांश उपसूचक घट्दा नेप्सेमा सामान्य गिरावट भएको हो ।विकास बैंक उपसूचक ३।४२ प्रतिशतले वृद्धि हुँदा वित्त कम्पनी उपसूचक २।

९९ प्रतिशत, उत्पादनमूलक उपसूचक ०।३३ प्रतिशत र म्युचुअल फण्ड उपसूचक ०।३८ प्रतिशतले वृद्धि भएको हो ।होटल तथा पर्यटन उपसूचकमा १।२६ प्रतिशतले गिरावट हुँदा हाइड्रोपावर उपसूचक १।१९ प्रतिशतले गिरावट भएको छ ।असार मसान्तमा सेयर बजारमा लगानीकर्ता सक्रियता कम हँदा कारोबार रकम पनि घट्दै गएको छ भने बजार परिसूचक नेप्सेमा पनि खासै उतारचढाव देखिदैन । मंगलबार नेप्सेमा ५४ हजार ९४३ वटा कारोबारमा ७९ लाख ८८ हजार ९८६ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा २ अर्ब ८५ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ ।

जसमध्ये हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक १२ करोड ७८ लाखको कारोबार हुँदा शिवम् सिमेन्टको १२ करोड ५४ लाख रुपैयाँ र सोल्टी होटलको १० करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।मंगलबार नेप्सेमा कुल २२५ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा ७९ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै ८ कम्पनीको सेयरमूल्य स्थिर छ ।

मंगलबार कारोबारमा आएकामध्ये हिमालयन पावर पार्टनरको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द हुँदा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको सेयरमूल्य पनि ९।९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको हो । यस्तै एनआईबीएल समृद्धि फण्ड २ को इकाइमूल्य १० प्रतिशतले बढेको छ ।यता सिंगटी हाइड्रोपावरको सेयरमूल्य ५।९६ प्रतिशतले गिरावट हुँदा श्वेत गंगा हाइड्रोपावरको सेयरमूल्य ५।६९ प्रतिशत र मन्दाकिनी हाइड्रोपावरको सेयरमूल्य ५।१४ प्रतिशतले गिरावट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढीमा ३८ देशका विदेशी नागरिक प्रभावित, अवस्थाबारे विवरण संकलन हुँदै

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu