ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उपत्यकामा आठ लाख ७६ हजार सवारी साधन कारबाही


एबीसी न्यूज
२७ असार २०८०, बुधबार   १ : ३१   बजे

काठमाडौ असार २७ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाभित्र सवारी नियम उल्लङ्घन गर्ने आठ लाख ७६ हजार एक सय ४१ सवारी साधनलाई कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले चालु आर्थिक वर्षमा काठमाडौँ, भक्तपुर र ललितपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेको हो ।

कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरिएको जानकारी दिए । कारबाही गरिएकामध्ये लेनमा ३८ हजार तीन सय ६२, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ५३ हजार ६४, रातोबत्ती बलेको बेला सवारी साधन चलाउने २८ हजार नौ सय ३२ सवारी साधन कारबाहीमा परेका छन् ।

यस्तै तीव्र गतिमा ५६ हजार पाँच सय २४, जथाभावी पार्किङ गर्ने एक लाख ३६ हजार ३९, आरक्षण सिट प्रयोग नगर्ने सात सय ३६, जथाभावी हर्न बजाउने १४ हजार चार सय ४७, लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने एक सय ४८ र ओभरलोड प्रयोग गर्ने १६ हजार चार सय ८५ सवारी साधन रहेका छन् ।उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट काठमाडौँ उपत्यकाको सवारी साधन व्यवस्थापनका लागि प्रहरी नायब महानिरीक्षक ९डिआइजी०को नेतृत्वमा एक हजार आठ सय बढी ट्राफिक प्रहरी परिचालन गरिएको छ ।

हाल देशभर ३० लाखभन्दा बढी सवारी साधन सञ्चालनमा रहेका छन् । तीमध्ये काठमाडौँ उपत्यकामा मात्र १२ देखि १५ लाख सवारी साधन सञ्चालनमा रहेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu