ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिल्लीमा यमुना नदीको पानीले पार गर्‍यो खतराको तह, विभिन्न ठाउँमा डुबान


एबीसी न्यूज
२८ असार २०८०, बिहिबार   १० : ४७   बजे

काठमाडौं, २८ असार । भारतको राजधानी नयाँदिल्लीमा यमुना नदीले खतराको तह पार गरेको छ।टाइम्स अफ इन्डियाका अनुसार बिहीबार बिहान ८ बजे यमुना नदीको पानीले २०८.४८ मिटरको तह पार गरेको हो।

यमुनामा पानीको सतह बढेपछि आसपासका बस्ती डुबानमा परेका छन्। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालको निवास रहेको क्षेत्रमा पनि यमुनाको पानी पसेको छ। डुबान भएका क्षेत्रमा बिहीबार विद्यालय बन्द गरिएका छन्। यमुनाको पानीले खतराको तह छोएपछि मुख्यमन्त्री केजरीवालले आज आपतकालीन बैठक गर्दैछन्। यमुना नदीको आसपासमा नजान मुख्यमन्त्री केजरीवालले दिल्लीवासीलाई आग्रह गरेका छन्।

दिल्ली ट्राफिक प्रहरीले पनि यमुना नदी आसपासका सडक प्रयोग नगर्न अनुरोध गरेको छ। डुबानमा परेका हजारौं मानिसलाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। पछिल्ला केही दिनयता उत्तरी भारतका दिल्ली, हरियाणा, पञ्जाब, उत्तराखण्ड, हिमाचल राज्यमा भारी वर्षाले ठूलो जनधनको क्षति गरेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu