ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक निर्माणमा ठेकेदारको ढिलासुस्ती


एबीसी न्यूज
२९ असार २०८०, शुक्रबार   १ : ३१   बजे

काठमाडौं, २९ असार । बाँकेको परसपुर–गौघाट सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ । खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक जताततै खाल्डाखुल्डी भएका छन् ।

पानी जमेर हिलाम्मे अवस्थामा रहेको खजुरा गाउँपालिका–२ का भीम वलीले बताउनुभयो । “सडकैभरि खाल्डाखुल्डीले वर्खाको पानी भरिएर सडक पोखरीजस्तै भएको छ”, उहाँले भन्नुभयो, “हिउँदमा धुलाम्मे र वर्खामा हिलाम्मे भएर आवतजावत गर्नुपर्ने बाध्यता छ ।”

ठेकेदारले कालोपत्र भत्काएर काम अधुरै छाडेपछि सडक अस्तव्यस्त बनेको छ । सडक डिभिजन नेपालगन्जले २०७९ वैशाख २५ गते कन्काई गणपति जेभीसँग रु १३ करोड ४२ लाखमा २०८१ भदौ २५ मा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर हालसम्म १० प्रतिशत मात्र काम गरेको डिभिजन सडक कार्यालय नेपालगन्जका सूचना अधिकारी इन्जिनियर जनकबहादुर धामीले बताउनुभयो ।

समयमै सक्ने गरी काम गर्न पत्राचार गर्दा काम गर्ने प्रतिबद्धता जनाउने गरे पनि काम नहुने गरेकाले अब पनि काम नगरे कम्पनीलाई पेश्कीस्वरुप दिइएको रकम फिर्ता लिएर आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइने जानकारी दिनुभयो । गौघाट–परसपुर सडकखण्ड दैनिक मानिसको आवातजावत गर्ने चाप भएको सडकमा पर्छ । जुन सडकले बर्दियाको बढैयाताल गाउँपालिकालाई समेत जोड्ने गरेको छ । गौघाट–परसपुर सडकखण्डको स्तरोन्नति हुन नसकेको दशक पुग्न लागिसकेको छ । पुरानो सडक बिग्रिएपछि नयाँ सडक बनाउने काम वर्षौँदेखि अलपत्र परेपछि स्थानीयले दैनिक सास्ती भोग्नुपरेको खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले बताउनुभयो ।

परसपुर–गौघाट सडक १० किलोमिटर नालीसहित १२ मिटरको कालोपत्र बनाउने गरी काम सुरु भए पनि सम्झौता भएको ११ महिनासम्म १० प्रतिशतमात्रै कार्यप्रगति भएको छ । सडक निर्माण अधुरै भएपछि खजुराका बासिन्दा आक्रोशित छन् ।

“सम्झौता भएको ११ महिनासम्म पनि १० प्रतिशतमात्रै काम भएको छ । यस्तो गतिमा काम भएको खण्डमा बाँकी १३ महिनामा अरु काम हुन्छ भनेर हामीले कसरी विश्वस्त हुने रु”, खजुरा–२ का वडाध्यक्ष धनीराम वलीले भन्नुभयो ।

खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले परसपुर–गौघाट सडक नबन्दा दुःख पाएका जनताले दैनिकरूपमा आफूहरूसँग गुनासो सुनाउने गरेको बताउनुभयो । उहाँले उक्त सडक निर्माणका लागि दबाब दिन डिभिजन सडक कार्यालय नेपालगन्जमा पुगेर समेत माग गरिएको उल्लेख गर्नुभयो । “सडक निर्माणको ठेक्का लिने काम नगर्ने प्रवृत्तिदेखि आजित भइसक्यौँ”, उहाँले आक्रोश पोख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group