ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लम्पी स्किन रोग नियन्त्रण बारेमा सदनलाई जानकारी गराउन सभामुखको निर्देशन


एबीसी न्यूज
२९ असार २०८०, शुक्रबार   ४ : १७   बजे
काठमाडौं, २९ असार । सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ ।
देशव्यापी रुपमा महामारीका रुपमा फैलिएको सो रोगका कारण हजाराँै पशुचौपाया मरेका कारण किसान मर्कामा परेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
सांसदहरुको पटक–पटकको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सो रोग नियन्त्रणका लागि सरकारका तर्फबाट भइरहेको प्रयासका बारेमा जानकारी गराउन कृषि मन्त्रालयलाई निर्देशन दिनुभएको हो ।
त्यसअघि सांसद दीपकबहादुर सिंहले हेटौँडामा सडक विस्तारको सूचना टाँसिएका कारणले स्थानीयवासी आतङ्कित भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले हैटौँडा बजारमा सडक विस्तार गर्ने हो भने मुआब्जा प्रदान गर्नसमेत सरकारसँग माग गर्नुभयो । सांसद सिंहले देशव्यापीरुपमा बाँदरले आतङ्क मच्चाएकाले त्यसलाई नियन्त्रण गर्न माग गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीले २३ विद्यालयमा क्षति, ६ हजार ९ सय विद्यार्थी प्रभावित

भोटेकोसी बाढी : बेपत्ताको खोजीमा ‘सम्पूर्ण शक्ति’ परिचालन गरिएको चिनियाँ राष्ट्रपति सीको भनाइ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu