ABC NEWS NEPAL | No.1 News channel of Nepal
३२ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसदीय दलमा बहुमत जुटाउन सके देउवालाई नेताबाट हटाइईन्छ : महामन्त्री थापा


एबीसी न्यूज
३० असार २०८०, शनिबार   १ : ५०   बजे

 

 

विराटनगर ३० असार । कांग्रेस महामन्त्री गगन थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन गर्ने बताएका छन् । विराटनगरमा शनिबार पत्रकारहरूसँगको महामन्त्री थापाले आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेताबाट देउवालाई हटाउने दावी गरे ।

‘संसदीय दलको नेताका लागि मैले भिडेकै हो । पार्टीमा विधानअनुसार दलको नेता परिवर्तन भएको इतिहास छ । मलाई आवश्यक संख्या पुगेको महसुस भएको दिन नेता परिवर्तन गरेर अघि बढ्छु,’ महामन्त्री थापाले भने ।

 

तनहुँमा उपनिर्वाचन हारेको र मनाङका सांसद टेकबहादुर गुरुङ निलम्बनमा रहेकाले कांग्रेसमा ८७ सांसद छन् । संसदीय दलमा बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । बहुमतले दलको नेता हटाउन सकिने व्यवस्था छ । नेता शेखर कोइरालाका पक्षमा कम्तीमा ३१ सांसद छन् । संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दा थापालाई संस्थापन इतरपक्षको पूरै मत परेको थिएन ।

साउन २ गतेबाट पार्टीको केन्द्रीय कार्यसमितिको सुरू हुने बैठक विधानअनुसार नियमित हुने थापाले दाबी गरे । ‘बैठकले पार्टीको नीति महाअधिवेशनको मिति तय गर्छ र त्यसपछि व्यापक छलफल गरेर पार्टी अघि बढ्छ,’ उनले भने, झनीति महाधिवेशनले पार्टीले गरेको निर्णयहरूको समीक्षा र भावी कार्यदिशा तय गर्छ ।’ पार्टीले चुनाव अगाडि गरेको गठबन्धनले देशको राजनीति गिजोलिएको र पार्टीहरू स्वतन्त्र रूपमा सोच्न पनि नसक्ने अवस्थामा पुगेको थापाको भनाइ थियो । सीमित व्यक्तिको सल्लाह चलेकाले कोशी प्रदेश सरकारमा अप्ठेरो परिस्थिति आएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

सम्बन्धित

रास्वपाभित्र शक्ति संघर्ष: स्वर्णिमसँगै कानूनमन्त्री र महान्यायाधिवक्तालाई हटाउन प्रधानमन्त्री बालेनको दबाब

फकल्याण्डको ‘छाया’ र मेस्सीको ‘जादु’ :फाइनान्सिएल टाइम्स

विश्वकपको फाइनलमा अर्जेन्टिना: मेस्सीको जादुले इंग्ल्याण्डलाई हराउँदै उपाधिको नजिक (तस्बिर)

कोसी सरकारको भविष्यबारे कांग्रेसको निर्णायक बैठक सुरु

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

राष्ट्र बैंकको परिपत्रः ब्याज उठाउन साउन १५ सम्मको समय, शेयर कर्जा र विद्युतीय बसमा विशेष सुविधा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu