बुटवल ,२१ माघ । बच्चा जन्माउन हिडेर अस्पताल पुगेकी एक महिलाको एक महिलाको मृत्यु भएको छ । बुटवल अमरपथ अस्थाई रुपमा बस्दै आएकी पाल्पाकी ३१ वर्षिया भगवती अधिकारीको आईतबार दिउसो निधन भएको हो ।
भगवतीका आफन्तले डाक्टरहरुको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाउदै सब उठाएका छैन । भगबती श्रीमान पशुपति अधिकारीले घटनाको छानबिन नभए सम्म सव नउठाउने बताएका छन ।
आइतवार ६ बजे डेलिभरीका लागि अस्पताला पुगेकी भगवतीलाई भर्ना गरेर सलाईन चढाईयो । पहिलो सलाई सकेपछि अर्को फेर्दै गर्दा भगवती बेहोस भइन र अस्पतालको आईसियु कक्षमा सारियो ।
आईसियुमा उपचार गराईरहेकी भगवतीको ११ वजेतिर मृत्यू भएको हो । सुत्केरि ब्याथा संगै हृदयघात आएका कारण निधन भएको अस्पताल श्रोतको दाबी छ ।
लुम्बिनि अंचल अस्पतालका मेसु कृष्ण खनालले घटनाको छानबिन गर्ने अश्वासन दिएका छन । मृत्यूको कारणबारे बिश्वास नलागे छानबिन टोलि बनाएर छानबिन गरौ उनले भने छानबिन पश्चात दोषि ठहरिए अस्पताल प्रशासन क्षतिपुर्ति दिन तयार छ ।
प्रतिक्रिया दिनुहोस्