ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानीको निकास बन्द हुँदा कलुवापुर बजार डुबानमा


एबीसी न्यूज
३१ असार २०८०, आइतबार   ९ : ४१   बजे

काठमाडौ असार ३१। पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिका– ११ स्थित कलुवापुर बजार थोरै बर्खामा डुबानमा पर्ने गरेको छ । पानीको निकास नहुँदा बजार डुबानमा पर्दै आएको हो ।“बजार क्षेत्रमा व्यापार गर्ने व्यवसायीको सङ्ख्यामा वृद्धि भएसँगै नयाँ घर निर्माण हुन थाले, त्यो क्रम अझै जारी छ”, स्थानीय जयबहादुर ऐरले भन्नुभयो, “नयाँ घर निर्माण गर्ने क्रममा पानीको निकास हुने क्षेत्र मासिँदा बजार जलमग्न हुन थालेको छ ।”बजार क्षेत्रका अधिकांश पसल र सडक डुबानमा पर्दा स्थानीय बासिन्दा, यात्रु, पसल सञ्चालक र सर्वसाधारणले सास्ती खेप्नुपरेको उनले बताए।

कलुवापुर–बेलौरी सडक निर्माण गर्दासमेत पानीको निकास नराखिँदा पानी थुनिएको उनको भनाइ छ ।स्थानीय तहमा जनप्रतिनिधि आएको झन्डै छ वर्ष बित्नै लाग्दा पानीको निकासका लागि पहल नगरिएको स्थानीय बासिन्दाको गुनासो छ । “पानी निकास हुने कल्भर्ट पाइप थुनेर संरचना निर्माण गर्नेलाई कारबाही हुनसकेको छैन”, स्थानीय प्रकाशबहादुर ऐरले भने, “विकल्पका रूपमा नगरपालिकाले ढल निर्माण गरी पानी निकास गर्नुपर्दथ्यो, त्यो पनि हुनसकेको छैन ।

”नगरपालिकाका जनप्रतिनिधिले अनुगमन गर्ने कार्यबाहेक बजार व्यवस्थित गर्ने कार्यमा चासो नदिएको प्रति उनले असन्तुष्टि पोखे । पहिला पानी बजार आसपासकै क्षेत्रसम्म भरिन्थ्यो, हाल वर्षाको पानी स्थानीय बासिन्दाको घरभित्र पस्न थालेको उनले बताए । बजार क्षेत्रको एकमात्रै सार्वजनिक शौचालयमा कम्मरभन्दा माथि पानी रहेको छ । बजार क्षेत्रमा आउने यात्रु र उपभोक्ताले शौचालय प्रयोग गर्न नपाउँदा नजिकैको वन क्षेत्रमा जानु पर्ने बाध्यता छ ।

बजार क्षेत्र नजिकका खोका छाप्रामा पानी भएपछि व्यापारीको सामानसमेत बिग्रिएको छ । चार दिनदेखि धेरै व्यापारीले पानीकै कारण पसल खोल्न पाएका छैनन् ।जार क्षेत्रको पानी निकासका लागि सरोकारवाला निकायसँंग समन्वयको कार्य भइरहेको नगरप्रमुख रणबहादुर महराले बताए ।

“तत्कालका लागि बजार क्षेत्रमा जम्मा भएको पानी निकासका लागि बजारको पूर्वतर्फको क्षेत्रमा नाली खनेर निकास गर्छौँ”, उनले भने, “पानीको दिगो व्यवस्थापनका लागि बजेटको व्यवस्था गरी ढल निर्माण गर्छौँ ।”
प्रमुख जिल्ला अधिकारी, सडक डिभिजन कार्यालय कञ्चनपुर र पूर्वाधार विकास कार्यालय कञ्चनपुरका प्रतिनिधिसहितको टोलीले कलुवापुर बजार क्षेत्रको डुबान परेको क्षेत्रको शनिबार स्थलगत अनुगमनसमेत गरेका छन् । कलुवापुर बजार क्षेत्रमा झन्डै दुई सय बढी पसल छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu