ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशसभा बैठक ‘सङ्घीयताको स्वर्णीम अध्याय’


एबीसी न्यूज
२१ माघ २०७४, आइतबार   ६ : ३३   बजे

जनकपुरधाम, २१ माघ । प्रदेश नंं २ का प्रदेशसभा सदस्यले प्रदेशसभाको प्रथम अधिवेशनको पहिलो बैठकको सहभागितालाई ‘सङ्घीयताको स्वर्णीम अध्याय’को संज्ञा दिएका छन् ।

मधेसीप्रतिको विभेदको अन्त्यका लागि विसं २००९ देखि आन्दोलन गर्दै आएकामा गणतन्त्र स्थापना र अधिकार प्राप्तिको यात्रामा शहादत प्राप्त गर्नेको सपना साकार गर्ने सन्दर्भमा प्रदेशसभाको पहिलो बैठक ऐतिहासिक र स्वर्णीम भएको उहाँहरूको भनाइ छ ।

जनकपुरधाम प्राचीन मिथिलाको राजधानी, प्रथम गणतान्त्रिक शहीद जनकपुरधामकै भएको, अधिकार प्राप्तिको आन्दोलनमा सधैँ अग्रणी रहेको स्थलमा प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले भन्नुभयो, “नयाँ अनुभूति भइरहेको छ ।”

मिथिला पहिरनमा रहेका प्रदेशसभा सदस्यले अब यो भूमिको अस्तित्वको रक्षा र प्रदेशमा विद्यमान गरिबी, अशिक्षा र बेरोजगारी न्यूनीकरण, उद्योग कलकारखानाको सञ्चालन र अधिकार प्राप्तिका लागि ऐक्यबद्ध हुने साझा फूलबारीका रूपमा प्रदेशसभालाई लिनु पर्ने विचार प्रदेशसभा सदस्य रामनरेश रायको रहेको छ ।

विगतमा सम्पूर्ण अधिकार सिंहदरबारमा केन्द्रित रहेको अब आफ्नो क्षेत्रको विकास र समृद्धितर्फ उन्मुख गराउने सन्देश आजको बैठकले दिएको अनुभव प्रदेशसभा सदस्य परमेश्वर साहले सुनाउनुभयो ।

ज्ञान, विज्ञान, संस्कृति, भाषा, विचारविमर्शको प्राचीन स्थल जनकपुरधाममा प्रदेशसभाको पहिलो बैठकमा सहभागी भई आफू गौरवान्वित भएको प्रदेशसभा सदस्य रामसरोज यादवको ठम्याइ छ ।

प्रदेशसभा सदस्य जीतेन्द्रप्रसाद सोनारले मैथिली भाषा, मैथिल संस्कृति, समृद्धको प्राचीनतालाई आजको बैठकले जीवन्त गराएको अनुभव राख्दै भन्नुभयो, “अधिकार, सुशासन, जनताको आकाङ्क्षाको मुद्दाको सम्बोधनको पक्षमा ऐक्यबद्धताको स्वर्णीम दिन हो ।”

प्रदेशसभा सदस्य रामअशिष यादवले भूमि उर्वर भए पनि शासक वर्गको बक्र दृष्ट्रि र विभेदको मनोविज्ञानको शिकारका कारण प्रदेश नं २ विपन्न भएकाले आजको दिनलाई त्यसबाट मुक्ति दिलाउने सङ्कल्पका रूपमा लिएको बताउनुभयो ।

प्रदेशसभा सदस्य मञ्जु यादवले छोरीसँग विभेद गर्ने सामाजिक संरचनामा सुधार, सबैलाई न्याय दिलाउन सामूहिक अग्रसरताको दिनका रूपमा लिएको उल्लेख गर्दै भन्नुभयो, “पहिलो बैठक प्रदेशको सम्पदाको रक्षा, प्राकृतिक स्रोत साधनको सही सदुपयोगका लागि एकताको अवसर हो ।”

कान्छो प्रदेशसभा सदस्य अभिषेक यादवले पहिलो बैठक नौलो भएको बताउँदै मधेशको मुद्दाको सम्बोधनका लागि सबैको सामूहिक स्वरको दिनका रूपमा पहिलो बैठकमा अनुभूति भएका छ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वपीडितको रिटमा सर्वोच्चको अग्राधिकार, लिखित जवाफ आएको सात दिनभित्र अन्तिम सुनुवाइ

बालेनलाई गगनको चेतावनी : ‘कानुनलाई टुल बनाएर शासन गरे आफैं खनिएको खाल्डोमा पर्नुहुन्छ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US-Iran Ceasefire Agreement Expires Amid Renewed Hostilities

Xi Jinping Offers Condolences to Indonesia After Deadly Earthquake

Xi Jinping Hails Former Leader Jiang Zemin on Birth Centenary

माछापुच्छ्रे बैंकको डीसीईओमा कल्याण विक्रम पाँडे नियुक्त

Russian Climate Case Dismissed by European Court of Human Rights

Trump Orders Scale Back of Military Drills with South Korea Amid Iran Disagreement

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu