काठमाडौं ३ साउन । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडियाको निर्वाचन पर्यवेक्षणका लागि नोम्पेन्ह गएका छन
।
ओलीको सचिवालयका अनुसार मंगलबार राति भ्रमण टोलीसहित अध्यक्ष ओली कम्बोडिया गएका हुन्।
कम्बोडियामा हुने निर्वाचन पर्यवेक्षणका लागि उनी त्यसतर्फ लागेका हुन्। भ्रमण दलमा पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालयका अन्य सदस्य सहभागी छन्।
यसैबीच आफू कम्बोडिया प्रस्थान गर्नुअघि ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई पार्टीको कार्यवाहकको जिम्मेवारी दिएका छन्।
पोखरेललाई अध्यक्ष र नेम्वाङलाई संसदीय दलको नेताको कार्यवाहक जिम्मेवारी दिइएको हो।
कम्वोडियाको १२५ सदस्यी संसदका लगि सत्तारुढ कम्वोडियन पिपुल्स पार्टी सहित अन्य साना २ वटा पार्टीले प्रतिस्पर्धा गर्दैछन् । त्यहांको मुख्य विपक्षी पार्टीका नेतालाई २७ वर्षको जेल सजायसहित उनको दललाई हुन सेनले प्रतिवन्ध लगाएका छन् । सन् २०१८मा गराइएको निर्वाचनमा सतप्रतिशत १२५ सिट नै हुन सेनको दल सिपीपीले जितेको घोषणा गरिएको थियो ।
कम्वोडियामा सन् १९८५ देखि प्रधानमन्त्रीका रुपमा हुन सेन लगतार सत्तामा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्