ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रेमिकाको हत्या गर्ने युवक पक्राउ


एबीसी न्यूज
२२ माघ २०७४, सोमबार   ८ : ४५   बजे

पर्वत, २२ माघ। आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् ।

पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए । तर मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ घुमाउनेस्थित कालीगण्डकीको किनारमा फेला परेको थियो ।

माघ ५ गतेदेखि हराइरहेकी कमला माघ १७ गते मृतावस्थामा फेला परेकी थिइन् ।

पराजुलीले कमला शर्मालाई कर्तव्य गरी मारी कालीगण्डकी नदीमा फालेको भन्ने साबिती बयान दिएका थिए । उनले कमलासँग आफूले शारीरिक सम्बन्ध राखेको र गर्भ रहेको थाहा पाएपछि हत्या गरेको बताए । अभियुक्त पराजुलीलाई जिल्ला प्रहरी कार्यालय गुल्मीमा अनुसन्धानका लागि पठाइएकामा प्रारम्भिक अनुसन्धानपश्चात् उक्त घटना पर्वतको साबिक बर्राचौर गाविस–२ हाल विहादी गाउँपालिका–२ बगरस्थित बाँझो खेतमा घटेको पुष्टि भएपछि उक्त मुद्दा दर्ता गर्ने र अनुसन्धान गर्ने क्षेत्राधिकार जिल्ला प्रहरी कार्यालय पर्वतको पर्ने भएको पर्वत प्रहरीमा पठाइएको हो ।

पराजुलीलाई पर्वत प्रहरीको हिरासतमा राखी बयान तथा अन्य थप अनुसन्धानको म्याद थप गरिएको छ । प्रहरी हिरासतमा राख्नका लागि शनिबारदेखि लागू हुने गरी दोस्रो पटक १० दिनको को म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख दिलीप घिमिरेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

द्वन्द्वपीडितको रिटमा सर्वोच्चको अग्राधिकार, लिखित जवाफ आएको सात दिनभित्र अन्तिम सुनुवाइ

बालेनलाई गगनको चेतावनी : ‘कानुनलाई टुल बनाएर शासन गरे आफैं खनिएको खाल्डोमा पर्नुहुन्छ’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

US-Iran Ceasefire Agreement Expires Amid Renewed Hostilities

Xi Jinping Offers Condolences to Indonesia After Deadly Earthquake

Xi Jinping Hails Former Leader Jiang Zemin on Birth Centenary

माछापुच्छ्रे बैंकको डीसीईओमा कल्याण विक्रम पाँडे नियुक्त

Russian Climate Case Dismissed by European Court of Human Rights

Trump Orders Scale Back of Military Drills with South Korea Amid Iran Disagreement

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu