काठमाडौं ३ साउन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरू भएको छ।
बुधबार बिहान साढे ११ बजेदेखि केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन्।
मधेस प्रदेश सभापति कृष्ण यादवले भ्रातृ संस्थाहरू विस्तार गर्दा प्रदेशसँग समन्वय नै नगरिएको बताए।
‘प्रदेशसँग समन्वय नगर्ने जिल्लासँग समन्वय गर्दै जाने हो भने प्रदेश खारेज गरौं, जिल्लामै गएर हामी काम गर्न तयार छौं,’ उनले भने।
केन्द्रीय समितिमा १० वटा एजेन्डा छ। ती एजेन्डा र महामन्त्री गगन थापाले राखेका प्रस्तावलगायतबारे केन्द्रीय सदस्यहरूले पालैपालो धारणा राखिरहेका छन्।
LIVE –
केन्द्रीय समितिमा धारणा राख्दै कांग्रेस केन्द्रीय सदस्यहरू (लाइभ)
प्रतिक्रिया दिनुहोस्