ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीका घटनामा अधिकांश युवा संलग्न


एबीसी न्यूज
५ श्रावण २०८०, शुक्रबार   ८ : ४५   बजे

काठमाडौ साउन ५ । खुला सीमाना, लागुऔषध दुव्र्यसनी र बेराजगारी समस्याका कारण धनुषामा चोरीका अधिकांश घटनामा युवा संलग्न रहेको पाइएको छ । चोरीका घटनामा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संलग्नता रहेको तथ्याङ्क छ ।जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले चालु आिर्थक वर्षमा चोरीको घटनामा पक्राउ परेका करिब चार सय जनामध्ये अधिकांश २५ वर्षमुनिका रहेका बताए। “उत्पादनशील उमेर समूहका युवा नै चोरी तथा कुलतमा संलग्न हुनु सबैका लागि चिन्ताको विषय हो”, उनले भने– “अधिकांश लागुऔषध सेवनकर्ता रहेका छन् ।

” युवाको मानसिकता किन आपराधिक बन्दैछ भन्नेबारे अनुसन्धान आवश्यक भएको प्रहरी उपरीक्षक खड्काले बताए । युवालाई कुलतमा फस्न नदिनका लागि प्रभावकारी कार्यक्रमको खाँचो रहेको उनले बताए। धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले प्रहरीले विशेष सुरक्षा योजना बनाई प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली परिचालन गरिएको बताए । राति गस्ती, एम्बुस टोली परिचालन, सीमानाकामा जाँचलगायत कार्य आवश्यक भएको उनको भनाइ छ ।

गत आर्थिक वर्ष २०७९÷८० मा चोरीका घटनामा पक्राउ परे पनि उनीहरुका विरुद्ध पीडितले जाहेरी दिन नमान्दा अधिकांशलाई अभद्र व्यवहारअन्तर्गत मुद्दा दर्ता गर्नुपरिरहेको प्रहरी नायब उपरीक्षक गौतमले बताए ।गत आवमा मात्रै चोरी भएका दुई सय ३६ मध्ये ८१ मोटरसाइकल बरामद गरी सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालयले चोरीका घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ३० जनालाई सार्वजनिक गरेको थियो । पक्राउ पर्नेमा अधिकांश १७ देखि ३८ वर्ष उमेरका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो

बैंक तथा वित्तीय संस्थाको निक्षेप र निजी क्षेत्रमा कर्जा प्रवाह बढ्यो

सर्लाहीका भूमिगत सिँचाइ प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एक सातापछि बत्ती बाल्ने तयारीको लाङटाङ खोला हाइड्रो बाढीले बगायो, ६० जना सम्पर्कविहीन

रसुवा बाढीले बैंकिङ क्षेत्र प्रभावित, ९ बैंकका शाखामा क्षति, २६ कर्मचारी सम्पर्कविहीन

विपद्मा सहयोग गर्न चाहनुहुन्छ? सरकारले सार्वजनिक गर्‍यो ९ बैंकका १५ खाता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu