ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामन्त्रीको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ – आरजु राणा


एबीसी न्यूज
५ श्रावण २०८०, शुक्रबार   १२ : १७   बजे

काठमाडौँ — नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीहरूले पेश गरेको प्रस्ताव एनजीओको ‘विसलिस्ट’ जस्तो रहेको टिप्पणी गरेकी छन् । केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै उनले कांग्रेस देशको एजेनडा सेट गर्ने पार्टी भएपनि महामन्त्रीहरूको प्रस्तावमा त्यस्ता दुरगामी एजेन्डाहरू नआएको बताइन् ।

‘कांग्रेस भनेको यो देशमा एजेन्डा सेट गर्ने पार्टी हो । नेपालको अर्थतन्त्र कस्तो हुने, समाजलाई कता लैजाने, राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने एजेन्डा सेटिङ गर्ने पार्टी हो । तर यसपटकको महामन्त्रीहरूको प्रतिवेदनमा देशलाई दरगामी असर राख्ने त्यस्तो एजेन्डा देखिएन,’ उनले अघि भनिन्, ‘महामन्त्रीहरूको प्रतिवेदनचाहिँ एउटा राजनीतिक दस्तावेज हुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँहरूले ल्याउनुभएको प्रस्ताव राजनीतिक दस्तावेज भन्दा पनि एउटा एनजीओको ‘विसलिस्ट’ जस्तो लाग्यो ।’

उनले धेरै कार्यक्रम गरेर थोरै उपलब्धि प्राप्त हुनुभन्दा थोरै कार्यक्रम गरेर धेरै उपलब्धि लिने उद्देश्य लिनुपर्ने बताइन् । ‘धेरै कार्यक्रम गर्ने योजनाहरू आए । तर ती कार्यक्रमको उपलब्धि के हो रु त्योचाहिँ प्रष्ट छैन । बरु तीन चार वटा कार्यक्रम गरौं, ठोस कार्यक्रम गरौं भन्ने मेरो प्रस्ताव छ,’ उनले भनिन् ।

उनले मुलुकमा सुशासन कायम गर्ने विषयमा पार्टीका नेताहरू पूर्वप्रशिक्षित हुनुपर्ने बताइन् । ‘म प्रधानमन्त्रीको धर्मपत्नी भएर ४र५ पटक उहाँसँगै देशमा के–के हुन्छ, देखेको छु । हाम्रा मन्त्रीहरू मन्त्री भएर जानुहुन्छ, तर सिक्दा–सिक्दै ठीक्क हुन्छ । त्यसैले कुन मन्त्रालयको ड्युटी के हो रु के भइरहेको छ, के गर्नुपर्ने हो रु यसबारे हामीले पार्टीमै छलफल गरेर पूर्वतयार हुनु आवश्यक छ,’ उनले भनिन् ।

उनले पार्टीले क्रियाशील सदस्य हुनुभन्दा अगावै पार्टीको विचार नीति र सिद्धान्तका विषयमा सदस्यहरूलाई प्रशिक्षित गर्नुपर्ने प्रस्ताव गरिन् । ‘अहिले कुन दलले के गरे भनेर त्यसको पछि लाग्नु भएन । हाम्रो आफ्नै पहिचान छ, हामीले सदस्यता दिने कुरालाई व्यवस्थित गर्नुपर्छ, तर थप लथालिंग हुन दिनुभएन,’ उनले भनिन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

केरुङमा भीषण पहिरो र आकस्मिक बाढी, सडक–सञ्चार–विद्युत् अवरुद्ध

त्रिशूलीको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Japan Seeks Dialogue with China Amidst Deepening Diplomatic Rift

Ukrainian Village Evacuated Following Deadly Explosion

केरुङमा भीषण पहिरो र आकस्मिक बाढी, सडक–सञ्चार–विद्युत् अवरुद्ध

त्रिशूलीको बाढीले नुवाकोटको त्रिभुवन त्रिशूली मावि पूर्ण रूपमा क्षतिग्रस्त

रसुवाको बाढी चितवनतर्फ : त्रिशूली–नारायणी किनारमा उच्च सतर्कता, सवारी आवागमन रोकियो

भोटेकोसी बाढीपछि कांग्रेसका बिहीबारका दुई कार्यक्रम स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu