ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रसुवाको बाढी चितवनतर्फ : त्रिशूली–नारायणी किनारमा उच्च सतर्कता, सवारी आवागमन रोकियो


ABC NEWS
१० भदौ २०८३, बुधबार   ४ : ४५   बजे

चितवन । रसुवाको भोटेकोशी क्षेत्रमा आएको भीषण बाढीको प्रभाव त्रिशूली नदी हुँदै चितवनतर्फ बढ्दै गएपछि जिल्ला प्रशासन र सुरक्षा निकायले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढीको ठूलो बहाव मलेखु क्षेत्र पार गरी चितवनतर्फ आउन लागेको जानकारीपछि त्रिशूली तथा नारायणी नदी आसपासका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलका अनुसार रसुवाबाट आएको बाढीको बहाव क्रमशः तल्लो तटीय क्षेत्रमा आइरहेको छ। नदीमा पानीको बहाव अस्वाभाविक रूपमा बढ्न सक्ने भएकाले जोखिमयुक्त बस्तीका स्थानीयलाई सतर्क रहन र आवश्यक परे तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको उनले बताए।

प्रहरीले त्रिशूली र नारायणी नदी आसपासका बस्तीमा माइकिङ गरी स्थानीयवासीलाई सचेत गराउन थालेको छ। नदी किनारमा नजान, नदी पार गर्ने प्रयास नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने निर्देशन पालना गर्न पनि आग्रह गरिएको छ।

चितवन–मुग्लिन सडकमा सवारी रोकियो

बाढीको जोखिम बढेसँगै चितवन प्रहरीले चितवनबाट मुग्लिनतर्फ जाने सवारीसाधन रोक्न थालेको छ। त्यस्तै, काठमाडौंबाट नागढुंगा हुँदै चितवन, पोखरा तथा पश्चिमतर्फ जाने सवारीसाधनसमेत विभिन्न स्थानमा रोकिएको प्रहरीले जनाएको छ।

मुग्लिन आसपास त्रिशूली नदीको बहाव बढ्दै गएपछि सडक र नदी किनारका क्षेत्र जोखिममा पर्न सक्ने भएकाले सवारी आवागमन नियन्त्रण गरिएको हो।

बाढी मुग्लिन हुँदै नारायणी नदी प्रणालीतर्फ प्रवेश गरेपछि आवश्यकताअनुसार थप क्षेत्रमा यातायात बन्द गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार जोखिमको अवस्था हेरेर सवारीसाधनलाई सुरक्षित स्थानमा होल्ड गरिएको छ। यात्रुहरूलाई पनि जोखिमयुक्त क्षेत्रमा नजान र प्रशासनले तोकेको स्थानमा सुरक्षित रहन अनुरोध गरिएको छ।

त्रिशूली किनारका बस्तीमा सतर्कता

रसुवाबाट आएको बाढीको प्रभाव नुवाकोट, धादिङ हुँदै तल्लो तटीय क्षेत्रमा देखिन थालेपछि चितवन प्रशासनले पनि पूर्वतयारी तीव्र बनाएको छ।

त्रिशूली नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सरोकारवाला निकायलाई तयारी अवस्थामा राखिएको छ।

नदीको सतह र बहावको अवस्थालाई निरन्तर निगरानी गरिँदैछ। जोखिम बढेमा नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ।

उद्धार र राहतका लागि तयारी

जिल्ला प्रशासन कार्यालय चितवनले सम्भावित बाढीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि आवश्यक तयारी थालेको छ। नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्ने, उद्धार टोली परिचालन गर्ने तथा आवश्यक राहत सामग्री तयारी अवस्थामा राख्ने विषयमा सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

उद्धार कार्यका लागि आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। बाढीको वास्तविक बहाव र जोखिमको अवस्थाका आधारमा थप निर्णय गरिने प्रशासनले जनाएको छ।

रसुवाको उत्तरी क्षेत्रबाट सुरु भएको भीषण बाढीको प्रभाव भोटेकोशी हुँदै त्रिशूली नदी प्रणालीमा फैलिँदै चितवनतर्फ बढिरहेका बेला प्रशासनले सर्वसाधारणलाई नदी किनारबाट टाढा रहन, अनावश्यक यात्रा नगर्न र आधिकारिक सूचना तथा सुरक्षा निकायको निर्देशन पालना गर्न आग्रह गरेको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मीसहित ३८४ पर्यटक

भोटेकोशी बाढी : ६ जिल्लाका नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रसुवा बाढी : ४७७ जना सम्पर्कविहीन, ७९ सुरक्षाकर्मीसहित ३८४ पर्यटक

भोटेकोशी बाढी : ६ जिल्लाका नदी तटीय बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह

भोटेकोसी बाढी : एपीएफ अस्पतालमा १०० शय्या तयारी, नुवाकोटतर्फ ४५ जनाको उद्धार टोली परिचालन

भोटेकोसी बाढी : राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा पाँचबुँदे माग

भोटेकोसी बाढी : राष्ट्रिय मुक्ति पार्टी नेपालद्वारा पाँचबुँदे माग

रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख राहत रकम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu