ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा ३७ प्रतिशत विकास बजेट फ्रिज


एबीसी न्यूज
५ श्रावण २०८०, शुक्रबार   १ : ०६   बजे

काठमाडौ साउन ५ । चितवनमा विकास बजेटको ३५ प्रतिशत भुक्तानी असार मसान्तमा मात्रै भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार असारमा रु दुई अर्ब २४ करोड ७५ लाख ९३ हजार भुक्तानी भएको हो । सङ्घतर्फको रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार रहेको पुँजीगत बजेटमध्ये रु छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ को वित्तीय प्रगति भएको कार्यालयले जानकारी दिएको छ ।चितवनमा आर्थिक वर्ष २०७९÷८० मा ३७ प्रतिशत विकास बजेट फ्रिज भएको छ । सङ्घीय सरकार र प्रदेश सरकारबाट विनियोजित बजेटमध्येबाट रु चार अर्ब ८४ करोड ३८ लाख ४१ हजार खर्च हुन नसकेर फिर्ता भएको हो ।

कार्यालयका अनुसार जिल्लामा सङ्घ र प्रदेश सरकारको पुँजीगत बजेट रु १३ अर्ब सात करोड २० लाख २८ हजार विनियोजन भएको थियो । त्यसमध्ये रु नौ अर्ब ३७ करोड सात लाख ५३ हजार मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी मुक्तिप्रसाद चापागार्इँले जानकारी दिए ।सङ्घीय सरकारबाट चितवनका लागि रु नौ अर्ब २३ करोड ७५ लाख ५३ हजार पाँच सय १७ पुँजगत बजेट विनियोजन भएको थियो । त्यसमध्ये रु छ अर्ब ६९ करोड २१ लाख १७ हजार नौ सय ९९ मात्र खर्च हुन सकेको चापागाईँले बताए । यसरी सङ्घको विकास खर्चको वित्तीय प्रगति हेर्दा ७२ प्रतिशत मात्र देखिन्छ ।

चितवनमा सङ्घ र प्रदेशको कूल बजेट रु २९ अर्ब ३२ करोड २८ लाख ३५ हजार थियो । रु २४ अर्ब ४८ करोड ६९ लाख ९४ हजार खर्च भएको छ । यसरी हेर्दा ८३ प्रतिशत वित्तीय प्रगति भएको देखिन्छ । चालुतर्फ खर्च बढी हुँदा समग्रमा वित्तीय प्रगति सन्तोष जनक देखिएको हो ।चितवनमा पुँजीगत बजेटभन्दा चालु बजेट बढी थियो । यसको वित्तीय प्रगति पनि राम्रो छ । सङ्घ र प्रदेशको चालु बजेट रु १६ अर्ब २५ करोड ८१ हजार थियो । सङ्घतर्फ चालु बजेट रु १४ अर्ब २० करोड चार लाख ६४ हजार पाँच सय ८२ थियो ।

सङ्घतर्फको चालु खर्च ९५ प्रतिशत छ । रु १३ अर्ब ४४ करोड ४० लाख ७४ हजार खर्च भएको छ । सङ्घतर्फको चालु खर्च सबैभन्दा बढी विपी कोइराला क्यान्सर अस्पतालको हुन सकेको छैन । अस्पतालमा कार्यकारी नहुँदा वैशाखदेखि त्यहाँका कर्मचारीले तलब पाएका छैनन् । रु तीन करोड हाराहारीमा अस्पतालको चालुतर्फको रकम फ्रिज भएर फिर्ता भएको छ । प्रदेशतर्फको चालु बजेट रु दुई अर्ब पाँच करोड तीन लाख थियो । त्यसमध्ये रु एक अर्ब ६७ करोड २१ लाख खर्च भएको छ ।

चितवनमा सङ्घतर्फ चालु र पुँजीगत गरी कूल बजेट रु २३ अर्ब ४३ करोड ८० लाख १४ हजार थियो । त्यसमध्ये रु २० अर्ब १३ करोड ६१ लाख ९२ हजार खर्च भएको छ । पुँजीगत र चालुतर्फको बजेट हेर्दा वित्तीय प्रगति सन्तोषजनक रहेको चापागाईँले बताए । “सङ्घको चालु खर्च ९४ प्रतिशत भएको छ, पुँजीगत खर्च ७२ प्रतिशत देखिन्छ, यसरी समग्रमा ८५ दशमलव ९१ प्रतिशत खर्च भएको छ”, उनले भनै।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

बझाङ केन्द्रविन्दु भएर भूकम्प

फेसबुकको एक पोस्टले कर हट्छ ? प्रधानमन्त्रीको घोषणापछि ‘समता कर’को कानुनी यात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu