ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

धानबालीमा गबारोको समस्या


एबीसी न्यूज
५ श्रावण २०८०, शुक्रबार   १ : २६   बजे

काठमाडौ साउन ५ । कञ्चनपुरका किसानले खेतमा रोपेको धानबालीमा गबारो किराले समस्या पउब्जाएकोे छ । धानबालीमा गबारो किराले गुवो खाएर नोक्सान गर्न थालेको हो ।
गबारो रोगको समस्या सबैभन्दा बढी कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा देखापरेको छ । आधा बिघा जग्गामा रोपेका बीउको गुबो गबारोले खाएर क्षति गरेको कृष्णपुर नगरपालिका–१ का किसान गोपी साउदले बताए ।“धान रोपिएको महिनादिन नपुग्दै गबारोको समस्या देखिएको छ”, उनले भने, “धानका बोटहरु पहेलिँदै गएका छन्, रोपेका धानका बिरुवा नै मर्ने अवस्थामा पुगेका छन्, बिरुवा नै मरेपछि धान उत्पादन हुँदैन ।

”कृषि प्राविधिकलाई समस्याबारे अवगत गराएको उल्लेख गर्दै किसान साउनदले नगरप्रमुख र कृषि प्राविधिकको टोलीले खेतमै पुगेर अनुगमन गरेर गएको बताए । गबारोको समस्या पहिलो चरणमै भएकाले किसानलाई धानका बिरुवा डुब्ने गरी पानी लगाउन सल्लाह दिइएको नगरपालिकास्थित कृषि शाखा प्रमुख लालबहादुर धामीले बताए।
“गबारो रोगको समस्या नगरपालिकाका सबै वडामा छ”, उनले भने, “सबैभन्दा बढी वडा नं १, २ र ७ मा देखिएको छ, गबारो रोग निदानका लागि किसानलाई उपाय सिकाउने कार्यमा लागेका छौँ, त्यसका लागि टोली परिचालन गरिएको छ ।” शुक्लाफाँटा नगरपालिका–७ का किसान कल्लु डगौराले रासायनिक मल प्रयोग गरिएको खेतमा गबारोको समस्या बढी देखिएको बताए ।

“घरमै उत्पादित प्राङ्गारिक मल हालेको खेतमा गबारोको त्यति समस्या छैन”, उनले भने “रासायनिक मल हालेको खेतमा पूरै गबारो रोगको समस्या छ ।”नगरपालिकाको चुरे फेदीका किसानले रोपेको धानमा गबारोको प्रकोप बढी देखिएको हो। कृषि शाखका प्रमुख करन सिंह बुढाऐरका अनुसार किसान गवारोको समस्या लिएर शाखमा पुग्न थालेका छन् ।गबारो किरा शत्रु जीव भएकाले त्यसको व्यवस्थापनका लागि सल्लाह दिने कार्य भइरहेको छ ।

धान बढने र गाँजो हाल्ने बेला गबारोको समस्या देखिएकाले किसान निकै चिन्तित भएका छन उनले भने, “धान रोपिएको ४१ देखि ८० दिनसम्म कार्वोफुरान नामक विषादीको प्रयोग गर्न सल्लाह दिएका छौँ ।” विषादीले धानका बिरुवाको उपचार गर्दा खेतमा पाँचदेखि आठ सेन्टिमिटरसम्म पानी हुनुपर्ने उनको भनाइ थियो । त्यो पानी खेतमा पाँच दिनसम्म राख्नुपर्छ । कञ्चनपुर धान खेतीका लागि उर्वर भूमि मानिन्छ । यहाँ ४८ हजार चार सय ९६ हेक्टर जमिनमा धान खेती हुने गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group