ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुन प्रकरणमा भन्सार जाँचपासमा संलग्न तीन जना कर्मचारी निलम्बित


एबीसी न्यूज
६ श्रावण २०८०, शनिबार   २ : ०८   बजे

काठमाडौं, ६ साउन ।  त्रिभुवन विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी निलम्बनमा परेका छन्। हङकङबाट क्याथे एयरवेजको जहाजबाट आएको ब्रेकशुमा लुकाएर ल्याएको ठूलो परिमाणको अन्दाजी ८० देखि १०० किलो सुन भन्सार जाँच पास भएर निस्किएको देखिएपछि तीन जनालाई निलम्बन गरिएको हो।

कर्मचारीको कमजोरी देखिएकाले निलम्बन गरिएको भन्सार विभाग स्रोतले जानकारी दियो।भन्सार अधिकृत सन्तोष चन्द, खरिददार कुमार ढकाल र सरोज श्रेष्ठ निलम्बनमा परेका हुन्।

ब्रेक शु आउँदा भन्सार कार्यालयका कर्मचारी सरोज श्रेष्ठको ड्युटी एक्सरे मेसिनमा हेर्ने थियो। तर उनको लापरवाहीले उक्त सुन भित्रिएको स्रोतले बतायो। ‘त्यो दिन एक्सरे हेर्ने सरोज थिए। उनले जिम्मेवारीपूर्वक काम गरेको देखिएन,’ स्रोतले भन्यो, ‘उनलाई नोटिस भएको थियो। रेड च्यानल चेक गर भनेर छाड्न पाउन्न। उनले होल्ड गरेर चेकजाँच गर्नुपर्थ्यो। त्यो गरेको देखिएन।’

शंकास्पद सामान आएको थाहा पाएर पनि उनले थप प्रक्रिया नपुर्‍याएको स्रोत बताउँछ। रेडी प्रालीले आठ वटा ब्रेक शुका बक्स ल्याएको थियो। जसमध्ये पाँच वटा बक्सलाई हेर्न भनेर लेखेको पाइएको थियो। ‘त्यसपछि पनि यसलाई हेर भनेर सम्बन्धित अधिकृतलाई बुझाउनुपर्छ। आफू पनि सँगै बस्नुपर्छ,’ स्रोतले भन्यो।

उनी टेलिफोन अपरेटर हुन्। उनले एक्सरे हेर्नेसम्बन्धी तालिम लिएका व्यक्ति हुन्। यस्तै खरिददार कुमार ढकालले ब्रेक शुको बक्स खोलेर हेरेको देखिन्‍छ। तर पनि उनले सुन देखेनन्। ‘सिसिटिभीमा हेर्दा कुमारले दुई वटा बक्स खोलेर हेरेको देखिन्छ। तर ब्रेक शुमात्रै देखेपछि उनले पठाइदिए। उनले पुन: एक्सरेबाट हेर्नुपर्थ्यो हेरेनन्,’ स्रोतले भन्यो।

त्यस्तै भन्सार अधिकृत सन्तोष चन्द भने उक्त सामान भएको ठाउँमै नपुगेको भन्सार विभागले जनाएको छ। त्यससमय भन्सारमा आएका सामान हेर्ने जिम्मेवारी उनको थियो। तर उनले एकपटक पनि नहेरेको पाइएपछि निलम्बन गरिएको हो।

अहिले निलम्बनमा परेका कर्मचारीहरू पनि अनुसन्धानको घेरामा छन्। उनीहरूसँग पनि राजश्व अनुसन्धान विभागले सोधपुछ गरी थप कारबाही गर्नसक्ने स्रोत बताउँछ। यसरी कमजोरी गर्ने अन्य कर्मचारीहरूलाई पनि कारबाही गर्ने तयारी विभागको छ। भन्सारबाट छुटेर भाग्न लाग्दा राजश्व अनुसन्धान विभागले पाएको सुराकको आधारमा खटिएको टोलीले मंगलबार अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो।

यस प्रकरणमा विभागले १० जनालाई पक्राउ गरिसकेको छ। जसमा चिनियाँ नागरिक एक जना र भारतीय नागरिक एक जना छन्। सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार विभागमा पठाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu