काठमाडौँ ६ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन इटाली प्रस्थान गरेका छन् ।
साउन ८ देखि १० गतेसम्म आयोजना हुने उक्त शिखर सम्मेलनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ इटालीको रोम प्रस्थान गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा कृषि तथा पशुपंक्षी विकासमन्त्री वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्रीकी निजी सचिव गंगा दाहाल छन् ।
प्रधानमन्त्री प्रचण्डलाई बिदाइ गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव वैकुण्ठ अर्याल लगायत नेताहरु विमानस्थल पुगेका थिए । प्रधानमन्त्रीले इटालीमा संयुक्त राष्ट्रसंघीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले औपचारिक रुपमा आफ्नो धारणा राख्नेछन् । कार्यक्रममा सन्दर्भमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिया गुटेरेसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्