ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँलाई यी खहरे हुन्, हामीजस्तो कोही छैन भन्यौं भने हामी सक्किन्छौं : गगन थापा


ABC NEWS
६ श्रावण २०८०, शनिबार   ७ : १९   बजे

काठमाडौं ६ साउन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ पार्टीहरुलाई खहरे हुन्, यी केही पनि होइनन् भन्ने सोच्न नहुने बताएका छन् ।

शनिबार पोखरामा कांग्रेसले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेसभित्र धेरै आत्तिने र नयाँ पार्टीलाई केही पनि होइन भन्ने दुबै प्रवृत्ति देखिएको बताए । तर यी दुबै प्रवृत्ति गलत हो भन्दै उनले कांग्रेसको कमजोरी सुधार्न ध्यान दिनुपर्ने धारणा राखे ।

‘हामी चाहिने भन्दा बढी आत्तिएको हो कि भन्ने लागेको छ, यति धेरै आत्तिहाल्नुपर्ने कारण केही पनि छैन, त्यसैले नआत्तिऔं । सबैकुरा बिग्रियो, भत्कियो, सक्कियो भनेर आत्तिनुपर्ने केही छैन’, महामन्त्री थापाले भने, ‘तर सँगसँगै खहरे हुन्, यी ९नयाँ पार्टीहरु० केही पनि होइन, हामीसँग जति नेता कोहीसँग छैन, हामीसँग जस्तो नाम पनि कोहीसँग छैन, हामी हिजो पनि ठूलो थियौं हामीले मात्र खाएको हो भन्यौं भने हामी सकिन्छौं ।’

कांग्रेससँग ठूलो शक्ति, संगठन, विचार र नेता रहेको तर सँगसँगै केही कमजोरी पनि रहेको भन्दै थापाले ती कमजोरीलाई सच्याउनैपर्ने बताए ।

‘पार्टी सञ्चालनको तरिका हामीले बदल्नै पर्छ । बदलिएको कांग्रेसचाहिँ बलियो कांग्रेस हुन्छ’ उनले भने, ‘कांग्रेस कसैले बदल्नुपर्दैन भन्यो भने त्यो पार्टीको हितमा छैन, कांग्रेस सक्कियो सक्कियो भन्यो भने पनि पार्टीको हितमा छैन । पार्टीको हित के मा छ भने कांग्रेस बदलौं, बदलेको कांग्रेसले जनताको विश्वास आर्जन गरौं । त्यही कांग्रेस नै नेपालको विकल्प हो ।’

चुनावमा जाने बेला उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा कांग्रेसभित्र ठूलो समस्या रहेको भन्दै महामन्त्री थापाले अब पार्टीभित्रै निर्वाचनको पद्धतिबाट उम्मेदवार छनोट गर्नुपर्ने धारणा राखे ।

अहिले संसारभर जहाँ पनि चुनाव हुँदा नयाँ उमेर समूहका व्यक्ति निर्वाचित भएको भन्दै उनले कांग्रेसका नेता कार्यकर्ताले यो कुरा ख्याल गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group