ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योजनाको ठेक्का कात्तिकभित्रै लगाउन निर्देशन


एबीसी न्यूज
७ श्रावण २०८०, आइतबार   ८ : ०६   बजे

काठमाडौ, साउन ७ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले जुम्लाका कार्यालय प्रमुखहरूलाई बजेट कार्यान्वयनमा लाग्न निर्देशन दिनुभएको छ ।पुल, भवन, शिक्षा तथा स्वास्थ्यका संरचनालगायतका विभिन्न योजनाको अनुगमन तथा निरीक्षणका लागि शनिबार जुम्ला पुग्नभएका उनले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट कार्यान्वयनमा प्रदेश सरकारले लिएको लक्ष्य हासिल गर्न आग्रह समेत गरे । उनले कार्यालय प्रमुखले राखेका गुनासो सम्बोधनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

जिल्लामा रहेका प्रदेशका कार्यालयले गर्नुपर्ने कामका बारेमा जानकारी दिँदै मन्त्री सिंहले भने, “प्रदेश सरकारको बजेट पारित भइसकेको छ । अब तत्कालै बजेटको अख्तियारी आउँछ । तोकिएका योजनाहरूको काम समयमै सम्पन्न र कुनै पनि योजनाको ठेक्का कात्तिकभित्रै गर्नका लागि कार्यालय प्रमुख नियमित हुनुको साथै दत्तचित्त भएर लाग्नुपर्दछ ।

”उनले जनतालाई सेवा प्रवाह गर्ने कुरामा कुनै पनि कमजोरी नगर्न र विशेषगरी सुशासन कायममा जोड दिन कार्यालय प्रमुखसहितका कर्मचारीलाई सुझाउएका थिए । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कार्यालय प्रमुखहरूको काममा सहजीकरण, उनीहरूको नियमितता, जिल्लाको शान्ति सुरक्षा र सुशासन कायम गर्नतर्फ आफ्नो भूमिकालाई सघन बनाउने बताए ।
जिल्लाको अनुमगन तथा निरीक्षणका क्रममा मन्त्री सिंहले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा मुलुककै जेठो प्राविधिक विद्यालय कर्णाली प्राविधिक शिक्षालय, नेपाल पत्रकार महासङ्घ जुम्लाको भौतिक संरचनाको अवलोकन गर्नुका साथै जुम्ला पातारासी गाउँपालिका–५ ल्होर्पाको निर्माणाधीन र तीन नम्बर वडाको ठेक्काका लागि तयारी भएको पुलसमेत निरीक्षण गरेका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group