ABC NEWS NEPAL | No.1 News channel of Nepal
१५ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा


एबीसी न्यूज
७ श्रावण २०८०, आइतबार   ८ : २५   बजे

काठमाडौ, साउन ७ । नवलपरासी बर्दघाट–सुस्तापश्चिम बर्दघाट नगरपालिकाले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । निः शुल्क उपचारका लागि नगरपालिकाकाभित्रका दुई सामुदायिक अस्पतालमा व्यवस्था मिलाएको नगरप्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो ।“अपाङ्गता भएकालाई स्वास्थ्योपचारमा सहज होस् भनेर निः शुल्क उपचारको सुरुआत गरेका हाँै”, उनले भने, “यसबाट उनीहरूलाई सहज हुनेछ भन्ने विश्वास लिएको छु ।

” नगर मातहतका अस्पतालले दिन भ्याउने सबै सेवा सुविधा निःशुल्क दिइनुका साथै अन्यत्र उपचार गर्न जानुपर्ने एम्बुलेन्स सेवासमेत छुट दिइने स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीले जानकारी दिए । यो सुविधा २०८० साल साउनदेखि लागू गरिएको उहाँले बताउनुभयो । सामुदायिक अपाङ्ग सेवा केन्द्रका अध्यक्ष रमेश श्रेष्ठले अपाङ्गता भएकालाई यसले थोरै भए पनि राहत पुर्याउने जनाउँदै नगरको निर्णय स्वागतयोग्य छ भने । विशेषगरी निलो र सेतो परिचयपत्र भएका भत्ता नपाउने अपाङ्गता भएकालाई यसले राहत मिल्ने उनको भनाइ छ । नगरपालिकाभित्र सात सय ७९ अपाङ्गता भएका व्यक्तिमध्ये चार सय ८७ जनाले परिचयपत्र लिएको नगरपालिकाको तथ्याङ्कमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवागढी आयोजनामा उद्धार टोली पुग्न सकेन, ९३ जना अझै बेपत्ता

अत्यावश्यकबाहेक हेलिकप्टर उद्धार नमाग्न प्राधिकरणको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu