ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न रिजालको सुझाव


एबीसी न्यूज
७ श्रावण २०८०, आइतबार   २ : ०१   बजे

काठमाडौँ, ७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा। मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेता बन्ने चाहना नराख्न सुझाव दिएका छन् । आइतबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सभापति शेरबहादुर देउवा र महामन्त्री थापाको चाहना २०८४ मा पार्टी कसरी राम्रो बनाउने भन्नेमा नै रहेको भन्दै उनले तर केही विषयमा कुरा नमिलेको बताए । ‘महामन्त्री थापालाई सुझाव । सभापतिजी पनि चाहनुहुन्छ २०८४ मा पार्टी राम्रो बनोस्, बलियो बनोस्, महामन्त्री पनि चाहनुहुन्छ २०८४ सम्म यति गरौं कि २०८४ पछि मज्जैले अगाडि लैजान सकौं भनेर’, उनले भने, ‘कहाँनेर इन्ट्रेस्ट मिलेन भने, खोज्दै जाँदाखेरि संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाए सभापति र महामन्त्रीको ध्यान एकैतर्फ हुन्छ जस्तो लाग्यो ।’

६ पुस २०७९ मा भएको संसदीय दलको चुुनामा सभापति शेरबहादुर देउवाले महामन्त्री थापालाई पराजित गरेका थिए । पछिल्ला केही सार्वजनिक अभिव्यक्तिमा थापाले आफू संसदीय दलको नेता बदल्न अझै लाग्ने र शक्ति पुगेको दिन बदल्ने बताउँदै आएका छन् ।

केन्द्रीय सदस्य रिजालले कांग्रेसको बैठक यसपटक प्रत्यक्ष प्रशारण भए पनि सधैं हुन नसक्ने बताए । यसपटक लाइभ गरेर सभापतिले ‘हात्ती सबैले छाम्न पाउन्’ भनेर लाइभ गरेको हुन सक्ने बताए । ‘हात्ती राम्रै छ सबैले छाम्न पाउन् देख्न पाउन् भनेर यो बैठक लाइभ भएको होला । एउटा समयपछि यसको उपादेयता पनि कम हुन्छ भन्ने मलाइ लाग्छ’ डा। रिजालले भने ।

बैठक कसरी सञ्चालन गर्ने भन्ने सभापतिको अधिकारको कुरा भए पनि यस विषयमा सभापतिले अरुको पनि परामर्श लिनुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

सम्बन्धित

ब्रेकिङ: इन्जुरी समयमा अर्जेन्टिनाको सनसनीपूर्ण पुनरागमन, इंग्ल्यान्डलाई २–१ ले हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा प्रवेश

विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित, इंग्ल्यान्ड–अर्जेन्टिनाबीच कडा टक्कर

विश्वकपमा इंग्ल्यान्ड–अर्जेन्टिना: युद्ध, माराडोना र मेसीसम्म जोडिएको ७४ वर्ष पुरानो प्रतिद्वन्द्विता, यसअघि कहिले–कहिले भेट भएका थिए?

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu