काठमाडौं ७ साउन । मौद्रिक नीति सार्वजनिक भएपछि सेयरबजार उत्साहित भएको छ। आइतबार ६३ दशमलव २४ अंकले नेप्से इन्डेक्स बढेको हो।
नेपाल स्टक एक्स्चेन्जका अनुसार ४ अर्ब ३७ करोडको कारोबार भएको छ।
जसमा १ करोड २० लाख कित्ता सेयर किनबेच भएको हो।
सबैभन्दा धेरै कमाउनेमा किसान लघु वित्तको सेयर १० प्रतिशले बढेको हो। त्यस्तै, धेरै गुमाउनेमा एनआइबीएल ग्रोथ फण्ड रहेको छ।
प्रतिक्रिया दिनुहोस्