ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एक सय ४२ वन्यजन्तुको उद्धार


एबीसी न्यूज
८ श्रावण २०८०, सोमबार   १ : ०८   बजे

काठमाडौ साउन ८ ।  चितवन राष्ट्रिय निकुञ्जले एक वर्षको अवधिमा एक सय ४२ वन्यजन्तुको उद्धार गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा दुर्लभ वन्यजन्तु पाटेबाघ, अजिङ्गर, एक सिङ्गे गैँडासहित एक सय ४२ वन्यजन्तुको उद्धार गरिएकोे निकुञ्जले जनाएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले गत वर्ष सबैभन्दा बढी ८६ अजिङ्गरको उद्धार गरिएको जानकारी दिए । गत वर्ष १९सर्प, १३ चित्तल, छ पाटेबाघ, छ एक सिङ्गे गैँडा , पाँच सङ्कटापन्न अवस्थाको घडियाल गोही उद्धार गरिएको उनको भनाइ थियो ।

मध्यवर्ती क्षेत्र, समुदाय तथा राष्ट्रिय वन क्षेत्रबाट सालक, कछुवा, सुनगोहोरो, गोहोरो, मगर गोही र जरायो एक–एकवटा उद्धार गरिएको सूचना अधिकारी तिवारीले बताए । “हामीले उद्धार गरेका वन्यजन्तु अधिकांश घाइते अवस्थामा रहेका छन्” उनले भनै , “चिकित्सकसहितको उद्धार टोली घटनास्थलमा पुगेर वन्यजन्तुको उद्धार गरेर औषधि उपचारपछि प्राकृतिक वासस्थानमा नै छोड्ने गरेका छौँ ।”

राष्ट्रिय प्रकृति संरक्षण कोष जैविक विविधता सूचना केन्द्रसँग वन्यजन्तु एम्बुलेन्स रहेकाले तत्काल एम्बुलेन्स लिएर वन्यजन्तुको उद्धारमा पुग्ने गरिएको छ । सामुदायिक वन तथा बस्तीमा गएर मानिसलाई आक्रमण गर्ने बाघलाई निकुञ्जले डार्ट बन्दुकमा लठ्याउने औषधि राखेको सुई हानेर० गरेर खोरमा राख्ने गरेको छ । निकुञ्जसँग बाघ राख्ने छ वटा खोर रहेको र अहिले सबै खोरमा उद्धार गरिएका बाघ राखिएको छ ।

नवलपुर, चितवन, मकवानपुर र पर्सा जिल्लामा फैलिएको निकुञ्जले अधिकांश वन्यजन्तु नवलपुर र चितवनका विभिन्न स्थानबाट उद्धार गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group