ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकसय ११ हेक्टर जमिनमा एक लाखभन्दा बढी वृक्षरोपण


एबीसी न्यूज
१२ श्रावण २०८०, शुक्रबार   १ : ५९   बजे

काठमाडौं, १२ साउन । बाँकेस्थित डिभिजन वन कार्यालयले विभिन्न शीर्षकअन्तर्गत जिल्लाका विभिन्न सामुदायिक वनका एक सय ११ हेक्टर खाली जमिनमा वृक्षरोपण गरेको छ । उक्त कार्यालयका सूचना अधिकारी एवं सहायक डिभिजन वन अधिकृत गणेश खड्काका अनुसार आर्थिक वर्ष ०७९÷०८० मा एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाइएको थियो ।

एक हेक्टर जमिनमा एक हजार छ सयका दरले बिरुवा लगाइएको छ । कृषि वन तथा बृहत्तर हरियाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत जनप्रतिभा सामुदायिक वन क्षेत्रको चार हेक्टर, वनशक्ति सामुदायिक वन क्षेत्रको पाँच हेक्टर, दुद्धेश्वर महादेव बर्फानीबाबा धार्मिक वन क्षेत्रको पाँच हेक्टर, झिझरी महिला सामुदायिक वन क्षेत्रको चार हेक्टर,, वागेश्वरी सामुदायिक वनक्षेत्रको १२ दशमलव४७, हेक्टर अशोक सामुदायिक वनक्षेत्रको सात दशमलव५१ हेक्टर र सिद्धबाबा सामुदायिक वन क्षेत्रको पाँच हेक्टर गरी कूल ९० हेक्टर खालिजमिनमा बिरुवा रोपिएको सूचना अधिकारी खड्काले बताउनुभयो ।

त्यसैगरी गाजी सामुदायिक वन क्षेत्रको सात दशमलव ५१ हेक्टर, गरिब नवाज सामुदायिक वन क्षेत्रको दस दशमलव आठ, रानी सामुदायिक वनक्षेत्रको पाँच दशमलव ५३, पन्नहवादेवी सामुदायिक वन क्षेत्रको १२दशमलव १८, श्री रामकुट्टी सामुदायिक वन क्षेत्रको दस, राप्ती पीडित सामुदायिक वन क्षेत्रको १५हेक्टर खाली जमिनमा वृक्षरोपण गरिएको थियो सूचना अधिकारी खड्काका अनुसार राष्ट्रिय वन विकास तथा व्यवस्थापन कार्यक्रमअन्तर्गत वन अतिक्रमण हटाई पुनरुत्पादन व्यवस्थापन गरी श्री न्यू हरियाली सामुदायिक वनको छ हेक्टर जग्गामा वृक्षरोपण गरिएको छ ।

ती बन क्षेत्रको खाली जमिनमा खयर, अस्ना, जामुन, बर्रो, बेल, विजयसाल, शिरीष, सिसौँ, सावगन, पानन, काभ्रो, अमला, सतिसाल, श्रीखण्ड, खम्हारी, श्वेतचन्दन, राजवृक्षलगायत बिरुवा लगाइएको छ । एक सय ११ हेक्टर खाली जमिनमा एक लाख ७७ हजार छ सय बिरुवा लगाउँदा बिरुवा उत्पादन, वृक्षरोपण तथा तारबार गर्न रु एक करोड ११ लाख खर्च भएको सूचना अधिकारी खड्काले जानकारी दिनुभयो ।

त्यसैगरी शम्शेरगञ्ज शव बन डिभिजन कार्यालयले पनि आवको ०७९÷०८० मा साढे १८ हेक्टर जमिनमा २९ हजार छ सय वृक्षरोपण गरेको थियो। डिभिजन वन कार्यालयले बर्सेनि सामुदायिक वन, अतिक्रमित क्षेत्र, नदीका किनार र बगरलगायत खाली जग्गा भएका क्षेत्र पहिचान गरी लाखौँ बिरुवा रोप्दै आएको छ । सोहीअनुरुप आव ०७९÷०८० मा वृक्षरोपणको कामलाई निरन्तरता दिँदै एक लाखभन्दा बढीे वृक्षरोपण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group