ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिटरव्याजी सुर्जमान पक्राउपछि गृहमन्त्री पिडितको घरमा


ABC NEWS
१२ श्रावण २०८०, शुक्रबार   ८ : ५४   बजे

काठमाडौं १२ साउन । मिटरव्याजी तथा यौन शोषणको आरोपमा ललितपुरका सुर्जमान पक्राउ गरेपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले पिडित महिलालाई उनको घरमै पुगेर भेटेका छन् ।

पीडित महिलाको कुरा सुनेका गृहमन्त्रीले पीडितलाई हरहालतमा न्याय दिलाउने वाचा गरे। मिटरब्याजको पासोमा परेर घरजग्गा गुमाएकी सपनालाई मन्त्री श्रेष्ठले भने, ‘तपाईंको घरजग्गा फिर्ता गराउने र तपाईंमाथि भएको यौन शोषणविरुद्धको न्यायीक प्रक्रियामा हामी साथमा छौं। अपराधीलाई कुनै पनि मुल्यमा छोडिने छैन।’

मिटरब्याजी सुर्जमान मालीसँग सपनाले ०७६ मा ५ लाख रुपैयाँ लिएकी थिइन्। उनले २ लाख रुपैयाँ चुक्ता समेत गरिसकेकी थिइन्। ५ लाख रुपैयाँ ऋणलाई ६५ लाख ऋण लिएको नक्कली कागज बनाएर मिटरब्याजी सुर्जमान मालीले सपनाको घरजग्गा हत्याईंसकेका छन् । किर्ते कागजात गरि सपनाको जग्गा हड्पेर मिटर ब्याजी मालीले उनीमाथि एकल तथा सामूहिक बलात्कार गराएका थिए।

गृहमन्त्री श्रेष्ठले लतिलपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई फोन गरेर सपनाको मुद्वामा तत्काल कानुनी प्रक्रिया अगाडि बढाउन निर्देशन दिए। मन्त्री श्रेष्ठले भनें, ‘पीडितले न्याय पाउनुपर्छ। सबैभन्दा पहिला उहाँको गुमेको घर जग्गा फिर्ताको प्रक्रिया सुरु गर्छौं। त्यससँगै मीटर ब्याजको आडमा यौन शोषण गर्नेलाई पक्राउ गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउँछौं।’

गृहमन्त्री श्रेष्ठलाई भेटेपछि मिटरब्याज पीडित सपनाले न्याय पाउने आशा पलाएको प्रतिक्रिया दिइन। उनले भनिन्, ‘मैले न्याय पाउँछु होला भन्ने आशै मारिसकेकी थिएँ, तर अहिले गृहमन्त्रीलाई भेटेपछि न्यायको आशा पलाएको छ।’

यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा ललितपुरका सुर्जमान मिटरब्याजी पक्राउ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group