ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लगानी बोर्डलाई प्रभावकारी तथा सक्षम संस्थाको रूपमा विकास गर्छौं : प्रधानमन्त्री


एबीसी न्यूज
१४ श्रावण २०८०, आइतबार   ८ : २९   बजे

काठमाडौं, १४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकास गरिने बताएका छन्।

आइतबार बिहान लगानी बोर्डको कार्यालयबाट सम्पादन भएका कार्य विवरणसहितको वार्षिक प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन्। लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अघिल्लो आर्थिक वर्षमा सम्पादन भएका कार्यसहितको प्रतिवेदन प्रधानमन्त्री समक्ष प्रस्तुत गरेका हुन्।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन र नियमावली बमोजिम प्रत्येक आर्थिक वर्षको सुरूआतमा बोर्डका अध्यक्ष रहेका प्रधानमन्त्री समक्ष कार्यकारी अधिकृतले प्रतिवेदन पेश गर्ने र बोर्डका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतबीच कार्यसम्पादन करार गर्नुपर्ने व्यवस्थाअनुसार प्रतिवेदन प्रस्तुत गरिएको हो ।

त्यस सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले लगानी बोर्डलाई चुस्त, प्रभावकारी तथा विज्ञहरूको ज्ञान एवं अनुभवलाई कार्यान्वयनमा लैजान सक्ने सक्षम संस्थाको रूपमा विकासका लागि आवश्यक पर्ने नीतिगत, कानुनी तथा संस्थागत सुधारको खाका प्रस्तुत गर्न कार्यकारी अधिकृतलाई निर्देशन दिए।

प्रधानमन्त्रीले यो संस्थालाई तुलानात्मक रूपले थोरै तर रणनीति पूर्वाधार परियोजना निर्माणमा कि इन्स्टिच्युटका रूपमा विकास गर्ने सोच वर्तमान सरकारको रहेको बताउँदै यस संस्थाले गरेको कार्यप्रगतिले यस दिशामा संरचना तयार भइसकेकोे विश्वास व्यक्त गरे।

समन्वय, सहकार्य र साझेदारीका क्षेत्रमा लगानी बोर्डको कार्यालयबाट पर्याप्त कार्य भएको आफूले महसुस गरेको बताउँदै प्रधानमन्त्रीले लगानी बोर्डलाई नयाँ उचाइ दिएर राष्ट्रको सम्वृद्धी र विकासमा योगदान पु¥याउन आग्रह गरे। आगामी वर्ष पनि विगतमा जस्तै प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नातर्फबाट आवश्यक सहयोग रहने बताए।

प्रधानमन्त्रीले अघिल्लो आर्थिक वर्षमा लगानी बोर्डको कार्यालयबाट भएका कार्यले आफूलाई देशमा ठूला पूर्वाधार निर्माणमा प्रत्यक्ष वैदेशिक लगानी ९एफडिआई०सहित निजी क्षेत्रको लगानी भित्र्याउन सकिन्छ भन्नु हुँदै पूर्वाधार विकासमा निजी लगानीलाई प्रोत्साहित गर्दै लैजान सरकार प्रतिवद्ध रहेको बताए। बोर्डको कार्यालयबाट एउटा उच्चस्तरीय व्यावसायिक संस्थाको रूपमा काम भएको र अन्तर्राष्ट्रियस्तरका केही संस्थाबाट समेत लगानी बोर्डको कार्यालयको व्यावसायिकता र कार्यसम्पादनका सम्बन्धमा पाएको प्रतिक्रियाले आफू निकै उत्साहित भएको प्रधानमन्त्रीको कथन थियो।

उनले परियोजना विकासमा बोर्डले अपनाएको स्क्रिनिङ प्रक्रिया वैज्ञानिक तथा समयसापेक्ष भएको र अब परियोजनाको पहिचान र स्ट्रक्चरिङमा सम्बन्धित मन्त्रालयबाट सहयोग लिई सार्वजनिक निजी साझेदारी ९सानिसा० परियोजना बैंकलाई अझै घनिभूत तथा उपयोगी बनाइ दिगो, निश्चित समयसारिणीसहित क्षेत्र विशेषका परियोजना सूची तयार गरी लगानी बोर्डको समन्वयमा सम्बन्धित मन्त्रालय तथा प्रदेश सरकारबाट समेत सहयोग लिन सकिने सुझाव दिए।

कार्यसम्पादन प्रतिवेदन पेश गर्दै लगानी बोर्डका अध्यक्ष सुशील भट्टले अघिल्लो आर्थिक वर्षमा बोर्डको म्यान्डेट, बोर्डको व्यावसायिक योजना सहितको रणनीतिक योजना तथा नेपाल सरकारको बजेट तथा कार्यक्रमको अधीनमा रही विभिन्न समयमा प्रधानमन्त्रीबाट प्राप्त निर्देशनहरू समेतका आधारमा सम्पन्न भएका कार्यप्रगतिबारे विस्तृत प्रतिवेदनमा प्रस्तुत गरिएको जानकारी गराए।

प्रतिवेदनमा सम्झौता बमोजिमका विषयमा चार खम्बे रणनीति बमोजिम परियोजना व्यवस्थापन, लगानी प्रवद्र्धन, संस्थागत विकास र समन्वय, सहकार्य र साझेदारी अन्तर्गतका कार्य प्रस्तुत गरिएको छ। प्रत्येक कार्यलाई परिणाममा आधारित सूचक एवं संक्षिप्त व्याख्या सहित राखिएको छ। प्रतिवेदन बुझाउँदै बोर्डका अध्यक्ष भट्टले अघिल्लो आर्थिक वर्षमा चार ओटै स्तम्भमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै आगामी आर्थिक वर्षमा आफूले सम्पन्न गर्ने मुख्य कार्यहरू संक्षिप्त रूपमा प्रधानमन्त्रीलाई ‘ब्रिफ’ गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group