ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा नयाँ सरकार बनाउन तीन विकल्पमा छलफल


एबीसी न्यूज
१४ श्रावण २०८०, आइतबार   ९ : १४   बजे

काठमाडौं, १४ साउन । कोशी प्रदेशमा नयाँ सरकार गठनको प्रयासमा आज सत्ता गठबन्धनका नेताहरुको बैठक काठमाडौंमा बस्दै छ । बैठकमा कोशी प्रदेशका संसदीय दलका नेताहरुलाई पनि बोलाइएको छ ।शनिबार पनि प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए ।

आज बिहान नौ बजे पुनः कोशी प्रदेशका नेताहरुसँग छलफल हुन लागेको हो । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले छलफलका लागि नेताहरुले काठमाडौंमा बोलाएकाले आएको बताएका छन् ।
दलहरुमा तीन विकल्पमा छलफल

सत्ता गठबन्धनका नेताहरुले सकेसम्म गठबन्धन दलबाटै सरकार गठनको प्रयास जारी राखेका छन् । तर सत्ता गठबन्धन र एमाले दुवै पक्षसँग बहुमत (४७ प्रदेश सभा सदस्यको समर्थन) पुगेको छैन । यस्तो अवस्थामा सत्ता गठबन्धनबीच तीन विकल्पमा छलफल भइरहेको छ ।

पहिलो विकल्प संसदको ठूलो दलको हैसियतमा नयाँ सरकार बनाउने हो । कोशीमा नेकपा एमाले सबैभन्दा ठूलो दल भएकाले उसको नेतृत्वमा सरकार गठन हुन नदिन कांग्रेस-माओवादीसहितको सत्ता गठबन्धन प्रयासरत छन् ।

दोस्रो विकल्पको रुपमा उनीहरुले सरकार गठनमा निर्णायक देखिएको राप्रपाको साथ खोजेका छन् । तर राप्रपाले वचन दिएको छैन । राप्रपाका कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले विभिन्न दलहरुसँग छलफल भइरहेको तर अन्तिम टुंगोमा नपुगेको बताए ।

राप्रपा सत्ता गठबन्धनमा आउन सहमत नभए सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याउने सत्ता गठबन्धनका नेताहरुको तयारी छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गत शुक्रबार मात्र सभामुख गौतमले राजीनामा दिनु उपयुक्त हुने बताएका थिए ।

नेकपा एमालेका नेता हिक्मत कुमार कार्कीले विश्वासको मत जुटाउन नसकेपछि सभामुख बाबुराम गौतमको समेत समर्थनमा नेपाली कांग्रेसका नेता उद्धव थापा गत असार २१ गते मुख्यमन्त्री नियुक्त भएका थिए । तर गत बिहीबार सर्वोच्च अदालतको पूर्ण इजलासले थापाको नियुक्ति बदर गरिदिएको थियो ।

सर्वोच्चले संविधानको धारा १६८ (२) बमोजिम सात दिनभित्र नयाँ सरकार गठन गर्न परमादेश दिएकाले दलहरु त्यसको आन्तरिक तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu