बेरुत, लेबनान, २२ माघ । सिरियाली सरकारद्वारा सञ्चालन गरेको हवाई आक्रमणमा परी सोमबार २३ सर्बसाधारणको मृत्यु भएको यहाँको मानव अधिकारवादी संगठनले जनाएको छ ।
सिरियाको राजधानी दमास्कस नजिकै रहेको विद्रोही नियन्त्रित पूर्वी घोउटा क्षेत्रमा राष्ट्रपति बसर अल असद पक्षधधर सेनाद्वारा चलाएको हवाई कारबाहीमा सर्वसाधारण परेको बेलायतस्थित सिरियाली मानव अधिकारवादी संस्थाले जनाएको हो ।
मारिनेमध्ये चार जना बालबालिका रहेका बताइएको छ । बेइटसेवा शहरको एक व्यस्त क्षेत्रमा गरिएको आक्रमणको सिरियाभित्र तथा बाहिर व्यापक आलोचना भएको छ ।
यसबारे सरकारले कुनै प्रतिक्रिया नजनाएको एएफपीद्वारा संप्रेषित समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्