ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ श्रावण २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको गौरीकुण्डको पहिरोमा बेपत्ता हुने नेपालीको संख्या १३ पुग्यो


abc tv
१९ श्रावण २०८०, शुक्रबार   ३ : ३४   बजे

काठमाडौं । भारतको उत्तराखण्डस्थित गौरीकुण्डमा पहिरोले पुरिएर एकै परिवारका सातजना सहित १३ जना नेपाली नागरिक हराइरहेको खबर आएको छ ।

यसअघि ७ जना बेपत्ता भनिएकोमा थप ६ जना नेपाली पनि पहिरोमा पुरिएको पाइएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।

भारी वर्षापछि झरेको पहिरोले तीनवटा पसल ९ढावा० बगाउँदा उनीहरु बेपत्ता भएका हुन् । पसल संचालक र त्यहाँ खाना खाइरहेका नेपाली पहिरोमा पुरिएको जागरणको अनलाइन संस्करणले जनाएको छ । पहिरोमा पुरिएर अमर बोहरा र उनको परिवार बेपत्ता भएको जानकारी यसअघि दिइएको थियो । थप ६ जना नेपाली पनि पहिरोमा पुरिएको पाइएको छ ।

अमरसहित तीन छोरा, दुई छोरी र श्रीमतीलाई पहिरोले बगाएको छ । ढावामा खाना खाइरहेका मन बहादुर बुढा, लालबहादुर कामी र सुखराम राउत पनि बेपत्ता भएको बताइएको छ । यस्तै स्थानीय उद्दार अधिकारी नन्दन सिंह रजवारले वीर बहादुर, उनकी पत्नी सुमित्रा, छोरी निशा पनि पहिरोमा पुरिएर बेपत्ता भएको स्थानीय प्रहरीलाई जानकारी दिएका छन् । वीरबहादुरले ढावा संचालन गरिरहेका थिए । उनी हुम्लाको रायाका भएको बताइएको छ ।

पहिरोले बगाएर अमर बोहरा, उनकी पत्नी २६ वर्षीया अनिता, छोरी १४ वर्षीया राधिका र ८ वर्षीया पिंकी तथा छोराहरु ७ वर्षका पृथ्वी, ६ वर्षका जटिल र ३ वर्षका वकील पनि बेपत्ता छन् ।

लगातार वर्षा भइरहेकाले उद्दारमा कठिनाइ भइरहेको स्थानीय प्रहरीले जनाएको छ । स्थानीय प्रहरीले हराइरहेकाहरु नेपालको कर्णालीका भएको भनेको छ । उनीहरु हुम्ला र जुम्लाका भएको अनुमान गरिएको छ ।

यद्यपी घटनाको विस्तृत विवरण आउन बाँकी छ । नेपाल प्रहरीले भने घटनाबारे कुनै जानकारी प्राप्त नभएको जनाएको छ ।

गौरीकुण्ड प्रशिद्ध तिर्थस्थल केदारनाथ जाने बाटोमा पर्छ । त्यहाँ रोजगारीका लागि पनि हजारौं नेपाली पुग्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

सम्बन्धित

मन्त्री फेरबदलको बहस : नयाँ राजनीतिको परीक्षा कि पुरानै संस्कारको पुनरावृत्ति?

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

‘भाइरल’ राजनीतिदेखि संसदीय मर्यादासम्म : सांसदहरूको हप्कीदप्कीले उठाएका गम्भीर प्रश्न

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

आर्कटिकमा खतरनाक खेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu