ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाखुसी खोला सतह माथिको संरचना हटाइरहेको महानगर, दुर्गन्ध कसरी व्यवस्थापन गर्छ ?


ABC NEWS
२० श्रावण २०८०, शनिबार   ८ : ४१   बजे

काठमाडौं २० साउन । काठमाडौं महानगरपालिकाले अहिले सामाखुशी नदीमाथि बनाएको कंक्रिट ढलान (स्ल्याब)सहितको संरचना धमाधम हटाइरहेको छ । बसुन्धराबाट रेर्डन क्याम्पससम्म सामाखुशी खोला माथि रहेको संरचना हटाइरहेको हो ।

१ साउनदेखि खोलामाथिको संरचना हटाउने काम यो हप्ताभित्र सकाउने गरी काम गरिरहेको महानगरले जनाएको छ । ‘सामाखुसी खोला सतहमाथिको संरचना हटाउने अभियान मैह्पी मन्दिर स्थित विष्णुमती नदी जोड्ने ठाउँसम्म पुर्‍याउने छौं,’ संरचना हटाउने जिम्मेवारीको नेतृत्व लिएका नगर प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट भन्छन् ।

भट्टका अनुसार करिब साढे २ किलोमिटर सामाखुसी खोलामाथि रहेको कंक्रिट ढलानको संरचना हटाइसकेको छ । ‘अब ५ सय मिटरजति हटाउन बाँकी होला, त्यो पनि यो हप्ताभित्र हट्छ,’ भट्टले अनलाइनखबरसँग भने ।

महानगरपालिकाले चालु आवको बजेट तथा कार्यक्रममा महानगर भित्र रहेको खोला, खोल्सीको संरक्षण गर्ने नीति पास गरेको भन्दै कार्यान्वयन सुरु भएको प्रवक्ता नवीन मानन्धरले बताए । ‘हामीले आफ्नो क्षेत्र भित्र पर्ने खोलाहरुको संरक्षण गर्ने नीति अनुसार नै छोपिएको खोला खोलेका हौं,’ प्रवक्ता मानन्धरले भने ।

स्थानीयहरु अहिलेसम्म ठुलो विरोध नगरेको भन्दै व्यक्तिको घर नचलाएको मानन्धरले बताए । ‘खोला बगिरहेको ठाउँमा अरु संरचना बनाउन भएन नि, व्यक्तिको सम्पत्ति छोएकै छैन, त्यसकारण अहिलेसम्म विरोधको आवाज सुनिएको छैन’ प्रवक्ता मानन्धरले दाबी गरे ।

महानगरका अनुसार खोलाको बीच भागबाट १३–१३ फिट फराकिलो बनाएर सामाखुसीमा सफा पानी बगाउने योजना रहेको छ । ‘महानगरका नदीहरु आफ्नै स्वरुपमा बगाउन यो काम सुरु गरेका हौं । खोलामा ढल नमिसाउन, छुट्टै ढल र करिडोर निर्माण गर्ने हाम्रो योजना छ, पहिलो चरणमा खोला माथिको संरचना हटाएका हौं,’ मेयर बालेन्द्र साह (बालेन)का पूर्वाधार सल्लाहकार सुनिल लम्साल भन्छन् ।

उनले खोला मिचेर बनाएको संरचना हटाएर करिडोर निर्माण गर्ने र ढल निर्माण गरेर प्रशोधन केन्द्रमा लैजाने तयारी समेत गरेको बताए ।

स्थानीयको घर जाने बाटै बन्द गरेर महानगरले संरचना बाटो भत्काउन मिल्छ ? भन्ने प्रश्नमा लम्साल भन्छन्,’उहाँहरुले नदी किनारबाट ४ मिटर छोड्नुपर्ने जमिन छोडिदिए महानगरपालिकाले करिडोर नै निर्माण गरिदिन्छ नि, आफू गैरकानुनी रुपमा नदीबाट छोड्नुपर्ने सेटब्याक नछोड्ने अनि बाटो भएन भन्ने ?’
सामाखुसी खोलालाई पुरानै स्वरुपमा ल्याउनका लागि एक महिनादेखि काठमाडौं महानगरपालिकाले स्ल्याब हटाउन थालेको हो। खोला मिचेर बनाइएका घरहरु पनि बिस्तारै भत्काउने महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाले खोलाको दायाँबायाँ बाटो निर्माण गरे वृक्षरोपण गर्नेसमेत जनाएको छ। यही साउन ७ गते उक्त खोलामा भानुभक्त स्कुलमा अध्ययनरत १३ वर्षीय बालक साजन मगर खसेका थिए। उनको शव बिहीबार मात्र फेला परेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

उचित मूल्य नपाएको भन्दै माइतीघरको सडकमा टमाटर फालेर विरोध प्रदर्शन

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

सम्बन्धित

सार्वजनिक पदाधिकारी र अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन रोक्न अन्तरिम आदेश

रास्वपाबाटै सरकारको आलोचना हुन थालेपछि संसद बैठक दुई हप्ता स्थगित

पर्यटन प्रवर्द्धनमा सरकारले द्रुत गतिमा काम सुरु गरेको छ : प्रधानमन्त्री

एमालेको प्रश्न– नयाँ रोजगारी सिर्जना गर्ने कि भइरहेको काम खोस्ने

सदनमा प्रतिपक्षको प्रश्न– सरकारमाथि आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुँदैन ?

संसद्‍मा विपक्षी सांसदले भनिन्– धिक्कार छ सीमा जोगाउन नसक्ने सरकार र सेनालाई

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu